एप्लिकेसन

ह्वाट्सएपमा रियाक्शन फिचर सार्वजनिक, अब ईमोजीमार्फत् जवाफ दिन मिल्ने

ह्वाट्सएपमा रियाक्शन फिचर सार्वजनिक, अब ईमोजीमार्फत् जवाफ दिन मिल्ने
Global IME Bank

ह्वाट्सएपले रियाक्शन फिचर आधिकारिक रुपमा सार्वजनिक गरेको छ।

मेटाका सीईओ मार्क जुकरबर्गले बिहीबार ह्वाट्सएपमा रियाक्शन फिचर शुरु भएको आधिकारिक पोस्ट गरेका हुन्।

यो फिचरको सहायताले कुनै पनि च्याटमा टेक्स्ट म्यासेजको साटो इमोजीमार्फत् जवाफ दिन सकिने भास्कर डटकमले जनाएको छ।

यस्तो फिचर फेसबुकमा यसअघि नै उपलब्ध छ। अब भने ह्वाट्सएपमा यसलाई उपलब्ध गराइएको हो।

यसका लागि च्याट बक्समा गएर इमोजी सेलेक्ट गरिरहनु भने पर्दैन। मेसेजमा केहीबेर प्रेस गरेपछि इमोजी देखा पर्छन र तीमध्ये एउटालाई सेन्ड गर्न सकिन्छ।

कम्पनीले हाल उपलब्ध गराएका इमोजीहरु ६ प्रकारका छन्।

  • थम्स अप – यसमार्फत् च्याट भैरहेको व्यक्तिको कुरामा सहमति जनाउन सकिन्छ।
  • मुटु –  यसको प्रयोग प्रेमभाव वा रोमान्स दर्शाउनका लागि गर्न सकिन्छ।
  • सरप्राइज – यसमार्फत् आश्चर्य तथा उत्साहजस्ता अनुभूति दर्शाउन सकिन्छ।
  • हासो – खुशी प्रकट गर्नका लागि यो इमोजी प्रयोगमा ल्याउन सकिन्छ।
  • दु:ख – निराशा वा कुनै प्रकारका नकारात्मक अभिव्यक्तिका लागि यसको प्रयोग गर्न सकिन्छ।
  • धन्यवाद –यो इमोजीमार्फत् कुनै पनि व्यक्तिप्रति आभार प्रकट गर्न सकिन्छ।
Sajilo Visa
easy care