
काठमाडौं ।
ह्वाट्सएपले रे-ब्यान स्टोरिजमार्फत् मेसेज पठाउन सकिने फिचरमा काम गरिरहेको छ।
यसरी पठाइएका मेसेजहरु इन्ड-टू-इन्ड इन्क्रिप्टेड हुने बताइएको छ।
मेटाले गत वर्ष सार्वजनिक गरेको रे-ब्यान-स्टोरिजमार्फत् फेसबुक एपमा ३० सेकेन्डसम्मका भिडियो रेकर्ड तथा शेयर गर्न मात्र सकिन्थ्यो।
त्यसपछि कम्पनीले यो स्मार्टग्लासमा थुप्रै पटक अपडेट गरेर भिडियो रेकर्डिङको सीमा मात्र नबढाई मेसेन्जर प्रयोग गरेर मेसेजहरु पढ्न, पठाउन तथा भ्वाइस कल गर्न सकिने बनायो।
तर यो डिभाइसले ह्वाट्सएपमा भने काम गर्दैनथ्यो। अब भने कम्पनीले छिट्टै नै रे-ब्यान-स्टोरिज ह्वाट्सएपमा पनि प्रयोग गर्न मिल्ने बनाउन लागेको बीजीआर डट इनले उल्लेख गरेको छ।
डब्लूएबिटाइन्फोको रिपोर्टले मेटाले ह्वाट्सएपमा रे-ब्यान-स्टोरिज सपोर्ट ल्याउन लागेको प्रस्ट पारेको हो।
यसै महिना एउटा ब्लग साइटले ह्वाट्सएपलाई उद्धृत गर्दै रे-ब्यान-स्टोरिजमा रहेको बिल्ट-इन असिस्टेन्टका कारण यूजरहरुले आफ्ना कन्ट्याक्टलाई मेसेज पठाउन सक्ने उल्लेख गरेको थियो।
प्रकाशित: २२ बैशाख २०७९, बिहीबार