डिशहोमको अफर, ८९९ रुपैयाँमा १०० एमबीपीएसको इन्टरनेट

  • Technology Khabar | ७ माघ २०७८, शुक्रबार
डिशहोमको अफर, ८९९ रुपैयाँमा १०० एमबीपीएसको इन्टरनेट

काठमाडौं ।

छोटो समयमा नै देशभर इन्टरनेट विस्तारमा अग्रसर भइरहेको डिसहोमले सस्तो मुल्यमा उच्चगतिको इन्टरनेट प्रदान गर्दै आइरहेको छ।

यसैक्रममा कम्पनीले मासिक ८९९ रूपैयाँमा १०० एमबीपीएस इन्टरनेट उपलब्ध गराएको छ । डिशहोमले विगत केही समयदेखि विभिन्न योजनाहरु मार्फत बजारमा आक्रामक उपस्थिती जनाइरहेको छ।

यस अफर अन्तर्गत ८९९ रूपैयाँमा १ महिना, २ हजार ६९७ रूपैयाँमा ३ महिना, ५ हजार ३९४ ६ महिना र १० हजार ७८८ रूपैयाँमा १२ महिना अवधिको डिशहोम फाइबरनेट पाइने बताएको छ।

यसमा ५ गीगाहर्जको डुअल ब्याण्ड राउटर पनि उपलब्ध हुनेछ। इन्टरनेट जडानका लागि नजिकको डिशहोम डिलर दाईलाई सम्पर्क गर्न सकिने वा पैसा नलाग्ने टोल फ्री नम्बरमा पनि सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: ७ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...