किन गरियो बेलायतमा ८८ वर्षीया वृद्धामा ‘बायोनिक आँखा’ प्रत्यारोपण?

  • Technology Khabar | ७ माघ २०७८, शुक्रबार
किन गरियो बेलायतमा ८८ वर्षीया वृद्धामा ‘बायोनिक आँखा’ प्रत्यारोपण?

काठमाडौं ।

एक ८८ वर्षीया बेलायती महिलामा हालै बायोनिक आँखा प्रत्यारोपण गरिएको छ।

पूर्वी लण्डनमा बस्ने ती महिला आंशिक नेत्रज्योति फर्काउन नयाँ प्रविधिको आँखा प्रत्यारोपण गरिने बेलायतकै ‍पहिलो बिरामी बनेकी छिन्।

मूरफिल्ड आँखा अस्पतालमा सम्पन्न उक्त शल्यक्रियामा ती महिलाको रेटिनामा २ मिलिमिटर चोडा माइक्रोचिप राखिएको थियो।

उक्त चिप जडानपछि क्यामरायुक्त विशेष चश्माको सहायताले उनले चिजबिजहरु देख्न सक्ने बीबीसीले उल्लेख गरेको छ। उक्त चश्माको क्यामराले बिरामीको कम्मर आसपास झुण्ड्याइने सानो कम्प्युटरमा कनेक्ट भएर काम गर्ने समाचारमा उल्लेख छ।

‘यो प्रत्यारोपण पाउने म पहिलो व्यक्ति हुन पाएकोमा उत्साहित छु’, ती महिलाले भनिन्। ती महिलामा निकै सामान्य उमेरका हिसाबले हुने म्याकुलर डिजेनेरेशन रोग रहेको र यो प्रत्यारोपणले आंशिक रुपमा नेत्रज्योति फिर्ता ल्याउन सक्ने आकलन गरिएको छ।

यो रोग उमेर सँगै लाग्ने र यसका लागि हालसम्म कुनै उपचार पनि उपलब्ध छैन।

यसरी काम गर्छ बायोनिक आँखाले

माइक्रोचिप प्रत्यारोपणपछि यसले चश्मा बाट देखिएको दृश्यहरुलाई कैद गरेर कम्प्युटर पठाउँछ।

यसमा  निर्देशनका लागि एआईको प्रयोग गरिन्छ जसले चश्मालाई कुन कुन चिजमा फोकस गर्ने भन्ने अह्राउँछ।

त्यसपछि चश्माले उक्त तस्बिरलाई इन्फ्रारेड प्रकाश बनाएर आँखामा र चिपमा पठाउँछ। त्यसपछि यो विद्युतीटय सिग्नलका रुपमा दिमागमा जान्छ र यसलाई प्राकृतिक दृश्यका रुपमा वर्णन गरिन्छ।

प्रकाशित: ७ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Unorganized telephone, internet and TV wires to be managed within two weeks

  • Technology Khabar
  • ७ माघ २०७८, शुक्रबार