ओहायोको चिप फ्याक्ट्रीमा २० अर्ब डलर बराबर लगानी गर्दै इन्टेल

  • Technology Khabar | ७ माघ २०७८, शुक्रबार
ओहायोको चिप फ्याक्ट्रीमा २० अर्ब डलर बराबर लगानी गर्दै इन्टेल

काठमाडौं ।

अमेरिकी चिप निर्माता कम्पनी इन्टेलले शुक्रबार ओहायोको कोलम्बस नजिक बनिरहेको व्यापक फ्यक्ट्रीमा २० अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ।

उक्त फ्याक्ट्रीमा अत्याधुनिक सेमिकन्डक्टर चिपहरुको विकास र उत्पादन गर्ने स्रोतहरुलाई ‍उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

हाल योजना गरिएको लगानी रकमले ओहायोको न्यू अलाबामा रहेको १ हजार एकड क्षेत्रमा ३ हजार स्थायी रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ।

इन्टेलले उक्त क्षेत्रमा दुई ओटा सेमिकन्डक्टर फ्याब्रिकेशन प्लान्ट लगाउने टाइम म्यागाजिनले जनाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आज शुक्रबार सेमिकन्डक्टरको आपूर्ति, अमेरिकामा सकेसम्म बढी चिप उत्पादन बढाउने तथा स्थानीय आपूर्ति श्रृखला विस्तार गर्ने विषयमा अमेरिकी सरकारको भूमिका र कदमबारे मन्तव्य दिने ह्वाइटहउसले जानकारी दिएको  छ।

इन्टेलका सीईओ प्याट गेल्सिंगर पनि आज बाइडेन सँगै ह्वाइटहाउसमा उपस्थित हुने रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: ७ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

अनर वाच एक्स५आई अनावरण

  • Technology Khabar
  • ७ माघ २०७८, शुक्रबार