वेमोले चीनको साझेदार जीक्रसँग मिलेर चालकरहित ट्याक्सी निर्माण गर्ने

  • Technology Khabar | १५ पुष २०७८, बिहीबार
वेमोले चीनको साझेदार जीक्रसँग मिलेर चालकरहित ट्याक्सी निर्माण गर्ने

काठमाडौं ।

चीनको ब्रान्ड जीक्रले विद्युतीय सवारी कम्पनी वेमोका लागि चालकरहित ट्याक्सी निर्माण गरिदिने भएको छ।

जीक्र चीनको गीली होल्डिङ अन्तर्गतको प्रिमियम इलेक्ट्रिक मोबिलिटी ब्रान्ड हो। यस्तै वेमो भने गुगलको मूल कम्पनी अल्फाबेट इंकको स्वचालिक इकाइ हो।

वेमोले जीक्रसँगको साझेदारीमा निर्माण गर्ने चालकरहित ट्याक्सीमार्फत् अमेरिकाभरी पूर्ण स्वचालित राइड-हेलिङ सवारीका रुपमा सेवा प्रदान गर्ने योजना बनाएको छ।

यी सवारीहरु जीक्रको स्विडेनमा रहेको फ्याक्ट्रीमा डिजाइन तथा निर्माण हुने र पछि यिनीहरुमा वेमोको स्वाचालित प्रविधि एकिकृत गरिने मंगलबार गीलीले बताएको छ।

वेमोले आउँदा वर्षहरुमा अमेरिकाका सडकमा यी सवारीहरुलाई उतार्ने बताएको छ।

वेमोले मंगलबार प्रकाशित गरेको कन्सेप्ट इमेजमा यी सवारीमा ठूलो स्पेस भएको ५ जानाको सिटयुक्त होचो मिनिभ्यान देख्न सकिन्छ। यसबाहेक यसका ढोका दायाँबायाँ स्लाइड हुने देखिएको छ।

वेमो अमेरिकामा पूर्ण चालकरहित ट्याक्सी सेवा उपलब्ध गराउने एक मात्र कम्पनी हो।

एक वर्षअघि फिनिक्समा सेवा शुरु गरेयता यसले हजाराैं जनालाई चालकरहित ट्याक्सीको सेवा प्रदान गरिसकेको छ।

प्रकाशित: १५ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Unorganized telephone, internet and TV wires to be managed within two weeks

  • Technology Khabar
  • १५ पुष २०७८, बिहीबार