दुर्गमको विद्यालयमा कम्प्युटर शिक्षा पढाइ

  • Technology Khabar | १० पुष २०७८, शनिबार
दुर्गमको विद्यालयमा कम्प्युटर शिक्षा पढाइ

काठमाडौं ।

रामेछाप जिल्लाको दुर्गम स्थान भुजीमा रहेको कास्थेम माध्यमिक विद्यालयले कक्षा १० सम्म कम्प्युटर शिक्षा दिने भएको छ । उमाकुण्ड गाउँपालिका–७ को भुजीमा रहेको सो विद्यालय वडाको एक मात्र माध्यमिक विद्यालय हो ।

१० कक्षासम्म पठनपाठन हुने उक्त विद्यालयमा गत वर्षबाट कक्षा ६ देखि कम्प्युटर शिक्षा सुरु गरिएको विद्यालयका प्रधानाध्यापक हेमन्तकुमार सुनुवारले बताए । उनका अनुसार अहिले कक्षा ६ देखि ८ सम्म कम्प्युटर पढाइ हुने गरेको छ र यसलाई कक्षा १० सम्म लैजाने योजना छ।

३०७ जना विद्यार्थी रहेको विद्यालयमा १३ वटा कम्प्युटर राखेर विद्यार्थीलाई अभ्याससमेत गराउन सुरु गरिएको छ।

पर्याप्त कम्प्युटर नहुँदा अभ्यासमा समस्या भएकाले सहयोगी दाता खोजी रहेको उनले बताए।

प्राविधिक शिक्षा विद्यार्थी र अभिभावकबाट माग भएकाले गाउँमा नै प्राविधिक शिक्षा दिनसके विद्यार्थीले गाउँ छाड्ने प्रवृत्तिको अन्त्य हुने वडाध्यक्ष रुद्रमणि नेवारले बताए। गोरखापत्रबाट

प्रकाशित: १० पुष २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...