डिशहोमको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत दुई भाग्यशाली बिजेताको घोषणा

  • Technology Khabar | २२ कार्तिक २०७८, सोमबार
डिशहोमको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत दुई भाग्यशाली बिजेताको घोषणा

काठमाडौं ।

डिशहोमले यो बर्षको पर्वमा ल्याएको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत पहिलो दुई भाग्यशाली बिजेताको घोषणा गरेको छ।

२०७८ असोज ११ गते देखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभि, सिम टिभि को नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए।

कार्तिक १७ गते बुधबार गरिएको लक्की ड्र मार्फत प्रभु टिभि जडान गर्ने काठमाडौंका धुर्व कार्की र डिशहोम जडान गर्ने सिन्धुलीकी अनिशा राई छानिएका हुन् । यस लक्की ड्रको प्रत्यक्ष प्रशारण सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानल लगायतका च्यानलहरु र डिशहोमको फेसबुक पेजमा गरिएको थियो ।

बिजेताहरुले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यबस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउने कम्पनीले जानकारी दिएकोछ।

यो “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अझै पनि डिशहोम, प्रभु टिभी, सिम टिभी, डिशहोम फाइबरनेट कम्बो प्याकेज जडानमा र ला लिगाको सिजन टिकट खरिदमा उपलब्ध छ।

प्रकाशित: २२ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

हुलाकमार्फत घरदैलोमै राहदानी सेवा

  • Technology Khabar
  • २२ कार्तिक २०७८, सोमबार