
काठमाडौं ।
समयसँगै खस्कँदै गएको देखिने आईफोनको ब्याट्री हेल्थ पर्सेन्टेजले खासै महत्व नराख्ने पाइएको छ।
आईफोनले ब्याट्री क्षमता वा यसको अवस्था कसरी विश्लेषण गर्छ भन्ने प्रक्रियाका बारेमा अध्ययन गरेर हालै एक यूट्युब च्यानलले यसले ब्याट्रीको सही क्षमता नदेखाउने पाइएको बताएको हो।
एप्पलले सन् २०१८ मा धेरै ग्राहकहरुले आफ्ना आईफोनहरुको प्रदर्शन खस्कँदै गएर अन्त्यमा अचानक शट डाउन हुने गुनासो गरेपछि ब्याट्री हेल्थ पर्सेन्टेज देखाउन थालेको थियो।
यसलाई त्यतिबेलादेखि आईफोनको ब्याट्री कति समय प्रयोग गर्न मिल्छ भनेर सर्भिस सेन्टरमा नगइ निर्क्योल गर्न भरपर्दो संयन्त्रका रुपमा मानिँदै आएको थियो।
पेयेट फर्वार्ड नामक यूट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियोमा आईओएस ११.३ देखि शुरु भएको ब्याट्री हेल्थ पर्सेन्टेजको आँकडा गलत हुने देखाइएको थियो।
सबै ब्याट्रीको एकै खाले क्षमता पक्कै हुँदैन उर्जा उत्पादन गर्ने क्रममा रासायनिक प्रतिक्रिया हुँदा ब्याट्रीहरुले अलग अलग प्रकारमा क्षमता प्रदान गर्छन्।
प्रकाशित: २४ आश्विन २०७८, आईतवार