साझा यातायातले ४० ओटा नयाँ विद्युतीय बस खरिद गर्ने

  • Technology Khabar | २४ आश्विन २०७८, आईतवार
साझा यातायातले ४० ओटा नयाँ विद्युतीय बस खरिद गर्ने

काठमाडौं ।

साझा यातायातले ४० ओटा नयाँ विद्युतीय बस खरिद गर्ने भएको छ । शुक्रबार कम्पनीले विद्युतीय बस खरिदका लागि चीनको सीएचटीसी कम्पनीसँग सम्झौता गरेको हो ।

बस, चार्जर र पाँच वर्षसम्मको मर्मत सम्भार कम्पनीले नै गर्ने गरी सम्झौता भएको छ । साझा यातायातले ४० ओटा विद्युतीय बस, २० ओटा चार्जर, तालिम, मर्मत सम्भार र स्पेयर पार्टस्‌का लागि करिब ५२ करोड रुपियाँ भुक्तानी गर्ने जनाइएको छ।

कम्पनीले सुरुमा तीन ओटा बस चार महिनाभित्र ल्याउने छ । साझा यातायात सञ्चालक समिति सदस्य भूषण तुलाधरले काठमाडौंमा परीक्षण गरेपश्चात् बाँकी बस ल्याइने बताए।

२६ सिट क्षमताका यी अपाङ्गतामैत्री बसहरू एक पटक चार्ज गर्दा ४२ जना यात्रु लिएर दुई सय किलोमिटर गुड्नेछन् । ललितपुर महानगरपालिकाको सहकार्यमा थप चार ओटा विद्युतीय बसको खरिद प्रक्रिया पनि अघि बढाइएको छ।

साझाले पुराना डिजेल बसलाई विद्युतीय रूपान्तरण गर्न आवश्यक अनुसन्धान गर्ने काम पनि अगाडि बढाइरहेको तुलाधरले जानकारी दिए । साझा यातायातलाई विद्युतीय बस खरिदका लागि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले तीन अर्ब रुपैयाँ शेयर लगानी गरेको छ।

साझाले सन् २०२५ भित्र आफ्ना सम्पूर्ण बसहरू प्रदूषणरहित बनाउने जनाएको छ। गोरखापत्र

प्रकाशित: २४ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार