नेपाल टेलिकमका यी ग्राहक सेवा केन्द्रहरु दशैं/तिहार बिदामा पनि खुल्ने

  • Technology Khabar | २४ आश्विन २०७८, आईतवार
नेपाल टेलिकमका यी ग्राहक सेवा केन्द्रहरु दशैं/तिहार बिदामा पनि खुल्ने
नेपाल टेलिकमको गठ्ठाघर शाखामा राखिएको सेवा बारेको जानकारी । फाइल

काठमाडौं ।

नेपाल टेलिकमका कार्यालयहरु दशैं र तिहारको बिदामा पनि खुल्ने भएका छन् । टेलिकमको बागमती प्रदेशअन्तरगतका तोकिएका कार्यालय तथा ग्राहक सेवा केन्द्रहरु खुल्ने भएका हुन् ।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय काठमाडौंकाअनुसार दशैंको अवधिमा असोज २७ र २८ गते तथा तिहारको बिदा अवधिमा कात्तिक १९ गते तोकिएका केन्द्रहरु बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म संचालन हुनेछन् ।

‘विजया दशमी तथा शुभ दीपावलीको बिदा अवधिमध्ये निम्न मिति समय र स्थानमा ल्याण्डलाइन (PSTN), एडीएसएस, एफटीटीएच र जीएसएमको महसुल भुक्तानी तथा सिम बितरण र परिवर्तन सम्बन्धी कार्यका लागि काउन्टर खुला रहने व्यहोरा अनुरोध गर्दछौँ, सूचनामा भनिएको छ।

प्रादेशिक निर्देशनालयद्धारा जारी सूचनाअनुसार दूरसञ्चार कार्यालय सुन्धारा, चाबहिल, गोंगबु, पाटन, ठिमी, बनेपा, बाह्रबिसे, चरिकोट, मन्थली, सिन्धुली, हेटौंडा, भरतपुर र धादिङ खुला हुनेछ।

प्रकाशित: २४ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...