सामसङ ग्यालेक्सी ए५२एस फाइभजीलाई ब्लूटूथ सर्टिफिकेशन

  • Technology Khabar | २५ श्रावण २०७८, सोमबार
सामसङ ग्यालेक्सी ए५२एस फाइभजीलाई ब्लूटूथ सर्टिफिकेशन

काठमाडौं ।

सामसङ आफ्नो नयाँ ग्यालेक्सी ए५२एस फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने संघारमा पुगेको छ। कम्पनीले यो डिभाइसका लागि हालै ब्लूटूथ एसआईजी सर्टिफिकेट पाएको छ।

यो डिभाइस हालै सर्टिफिकेट प्रदान गर्ने निकायको वेबसाइटमा ३ ओटा मोडल नम्बर एसएम-ए५२८ बी, एसएम-ए५२८ बी-डीएस र एसएम-ए५२८एन सहित सूचीकृत भएको थियो।

उक्त सूचीमा ए५२एसको विवरणका बारेमा खासै जानकारी दिइएको थिएन। तर गीकबेन्चका माध्यमबाट यसका मुख्य स्पेसिफिकेशनहरुको जानकारी प्राप्त भएको छ। जानकारी अनुसार एसएस-ए५२८बी मा स्न्यापड्रागन ७७८जी चिपसेट रहनेछ भने एन्ड्रोइड ११ तथा ८ जीबी र्याम उपलब्ध हुनेछ।

यो मोडलले हालै एफसीसीको सर्टिफिकेट पनि पाएको छ भने यसमा वाइफाइ ६ कनेक्टिभिटी र एनएफसी रहने सुनिश्चित भैसकेको छ।

सामसङले आधिकारिक रुपमा ए५२एस फाइभजीका बारेमा केही नबताए पनि पहिलेका लीक अनुसार यो यसअघिको ग्यालेक्सी ए५२ फाइभजीको स्न्यापड्रागन ७७८जी चिपसेट भर्सन हुने र यो १२८ जीबी आन्तरिक स्टोरेज सहित यूरोपमा ४५० यूरो मूल्यमा उपलब्ध हुन सक्नेछ।

प्रकाशित: २५ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार