होन्डाद्वारा ५३ किमी टप स्पीड भएको यू-गो इलेक्ट्रिक स्कूटर चीनमा सार्वजनिक

  • Technology Khabar | २४ श्रावण २०७८, आईतवार
होन्डाद्वारा ५३ किमी टप स्पीड भएको यू-गो इलेक्ट्रिक स्कूटर चीनमा सार्वजनिक

काठमाडौं ।

जापानी अटोमोबाइल तथा मोटरबाइक कम्पनी होन्डाले ५३ किमी टप स्पीडसहितको यू-गो इलेक्ट्रिक स्कूटर चीनमा सार्वजनिक गरेको छ।

होन्डा कम्पनीको वुयाङ होन्डा नाम गरेको चिनियाँ कार्यालयले हालै आफ्नो प्रडक्ट लाइनअपमा चिनियाँ बजारका लागि यू-गो इलेक्ट्रिक स्कूटर थप गरेको हो।

यू-गो ई-स्कूटर दुई मोडलमा उपलब्ध हुनेछन् भने यी दुवै मूल्यका हिसाबले सस्तो तथा पूर्ण रुपमा शहरी क्षेत्रका लागि डिजाइन गरिएका छन्।

स्ट्यान्डर्ड मोडलमा १.२ किलोवाटको हब मोटर रहेको छ भने यसबाट बढीमा ५३ किमी प्रति घण्टासम्म स्कूटर कुदाउन सकिन्छ। अर्को मोडलमा भने ०.८ किलोवाटको पावर आउटपुट रहेको र यसमो टप स्पीड ४३ किमी प्रति घण्टा रहने बुझिएको छ।

दुवैमा झिक्न मिल्ने १.४४ किलोवाट क्षमताको लिथियम आयोन ब्याट्री राखिएको छ। डबल ब्याट्री प्याकमा अपग्रेड गरेर यो क्षमतालाई दोब्बर पनि बनाउन सकिन्छ। दुवैमा सिटमुनी २६ लिटर क्षमताको सामान राख्ने ठाउँ दिइएको छ।

यो स्कूटरको मूल्य बेस भेरियन्टको ११५० डलर तथा स्ट्यान्डर्ड भर्सनको १२३३ डलर तोकिएको छ।

प्रकाशित: २४ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार