दूरसञ्चार प्राधिकरणको कार्यालय रहेको भवनले तिरेन् घरजग्गा/सम्पत्ति कर, ताम्राकार कम्प्लेक्स पनि सूचीमा

  • Technology Khabar | २४ श्रावण २०७८, आईतवार
दूरसञ्चार प्राधिकरणको कार्यालय रहेको भवनले तिरेन् घरजग्गा/सम्पत्ति कर, ताम्राकार कम्प्लेक्स पनि सूचीमा

काठमाडौं ।

दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणको मुख्यालय रहेको भवनले नै काठमाडौं महानगरपालिकाको घरजग्गा/सम्पत्ति कर नबुझाएको खुलेको छ।

हालै महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय नाचघरले घरजग्गा/सम्पत्ति कर नबुझाएको उल्लेख गरेको छ।

जमल कान्तिपथ वडा नम्बर २७ मा रहेको नाचघरको व्यापारीक भवनमा हाल दूरसञ्चार प्राधिकरणको कार्यालय भवन रहेको छ। प्राधिकरण केहि महिना अघि मात्र सो भवनमा सरेको हो।

सांस्कृतिक संस्थानसँगको सम्झौताअन्तरगत दूरसञ्चार प्राधिकरणले कार्यालय राखेको हो । सो भवनको लागि महानगरले घरजग्गा/सम्पत्ति कर कति उठाउन बाँकी छ भन्ने जानकारी भने दिएको छैन् ।

दुरसञ्चार प्राधिकरणले जमलमा रहेको सांस्कृतिक संस्थानको भवनमा कार्यालय राख्नका लागि मासिक प्रतिवर्ग फिट ७० रुपैयाँ भाडा दर कायम हुने गरी सांस्कृतिक संस्थानसँग सम्झौता गरेको छ।

दूरसञ्चार प्राधिकरणले कार्यालय राख्नुभन्दा अगाडी सो भवनमा विभिन्न व्यापारिक तथा व्यवसायीक सेवाहरु सञ्चालनमा रहेका थिए।

हेर्नुस् सम्बन्धित समाचार-

दूरसञ्चार प्राधिकरणको नयाँ कार्यालय जमलस्थित राष्ट्रिय नाचघरमा

यसैगरि नेपालको मोबाइल हबको रुपमा रहेको ताम्राकार कम्प्लेक्सले समेत महानगरको घरजग्गा/सम्पत्ति कर नतिरेको स्पष्ट भएकोछ। पाको न्यूरोडमा रहेको र ताम्राकार कम्प्लेक्सको रुपमा संचालनमा रहेको सो भवन महानगरपालिकाको वडा नम्बर २० मा पर्दछ।

सो कम्प्लेक्स ताम्राकार परिवारले व्यवस्थापन गर्दै र विभिन्न व्यवसायीहरुसँग अग्रिम भाडा असुल गर्दै आएको छ। तर सो भवनले समेत कर तिरेको छैन् ।

सूचनाअनुसार ताम्राकार कम्प्लेक्ससहित प्रदिप रत्न ताम्राकार, उदय रत्न ताम्राकार र विजय रत्न ताम्राकारका अन्य भवनहरुले समेत घरजग्गा/सम्पत्ति कर तिरेका छैनन् ।

उल्लेखित बाहेक अन्य कम्पनी तथा भवनहरुले समेत कर नतिरेको महानगरपालिकाले उल्लेख गरेको छ ।

महानगरपालिकाले आइतबार एक सूचना प्रकाशित गर्दै ३० दिनभित्र आफ्नो सम्पत्तिको विवरणसहित बुझाउन बाँकी कर तथा जरिवानासमेत भुक्तानी गर्न भनेको छ।

स्मरण रहोस् ताम्राकार कम्प्लेक्सका घरधनी तीनै दाजुभाईले सञ्चालन गरेको इन्टरनेट सेवा प्रदायक कम्पनी आइटेल कम्यूनिकेसन प्रालिले धेरै समयदेखि राजस्व नतिरेका तथा समयावधि भित्र नविकरण गर्न असफल भएसँगै दूरसञ्चार प्राधिकरणले २०७५ माघमा इन्टरनेट सेवा प्रदायक (आइएसपी)को अनुमतिपत्र रद्ध गरिदिएको थियो।

हेर्नुस् सम्बन्धित समाचार-

दूरसंचार प्राधिकरणद्धारा आइटेल कम्यूनिकेसनको आइएसपी लाइसेन्स खारेज

प्रकाशित: २४ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...