हुन्डाईको नयाँ जेनेरेशन आई २० को बिक्री शुरु, न्यूनतम मूल्य ३६ लाख ९६ हजार रुपैयाँ

  • Technology Khabar | २४ श्रावण २०७८, आईतवार
हुन्डाईको नयाँ जेनेरेशन आई २० को बिक्री शुरु, न्यूनतम मूल्य ३६ लाख ९६ हजार रुपैयाँ

काठमाडौं ।

नेपाली बजारमा विक्री सुरु भएको हुन्डाईको नयाँ जेनेरेशन आई २० दुई भेरियन्टमा उपलब्ध रहेको छ।

नेपालका लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दुई भेरियन्टमा नेपाल ल्याएको आई २० को म्याग्ना भेरियन्टको मूल्य ३६ लाख ९६ हजार र स्पोर्टज् भेरियन्टको मूल्य ४१ लाख ९६ हजार तोकिएकोछ।

यी गाडीहरुको लागी ग्राहकहरुले ५० प्रतिशत रकम डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ।

बैंक तथा वित्तिय संस्थाले गाडीको मूल्यको ५० प्रतिशत मात्रै कर्जा प्रबाह गर्ने भएको कारण आई २० किन्न चाहने ग्राहकले ५० प्रतिशत रकम डाउन पेमेन्ट वापत बुझाउनु पर्छ।

अहिले बैंक तथा वित्तिय संस्थाहरुले वार्षिक ७.५ प्रतिशत व्याजदरमा अटो कर्जा उपलब्ध गराउँदै आएका छ भने ७ वर्षको कर्जा सुविधा प्रदान गर्दछन्।

यस आधारमा  ग्राहकहरुले हुन्डाईको आई २० म्याग्ना किन्न चाहेमा मासिक २८ हजार रुपैयाँ किस्ता तिर्नेगरी खरिद गर्न सक्नेछन्।

कम्पनीका अनुसार हुन्डाइ आई २० आकर्षक र उत्कृष्ट डिजाइनका लागि सुरू देखि नै परिचित मोडल हो। कम्पनीले नयाँ जेनेरेसन मोडल यूरोपियन स्पेकबाट प्रेरित रहेर उत्पादन गरेकाले यसले बजारमा अलगै छाप छोड्ने निश्चित रहेको जनाएको छ।

नयाँ जेनेरेसन आई २० मा हुन्डाइको चर्चित र सफल कप्पा इन्जिन छ। उक्त इन्जिनले अधिकतम ६००० आरप‍िएममा ८३ पिएस पावर प्रदान गर्नेछ। यो इन्जिनमा म्यानुयल गियरबक्स छ।

निकै स्पोर्टी डिजाइनमा आएको नयाँ आई २० को बाहिरी आवरण पनि आकर्षक र सुन्दर देखिन्छ। प्रोजेक्टर हेडल्याम्प, जेड आकारको एलइडी टेल ल्याम्प, फ्लाइब्याक रियर ग्लाससहितको क्रोम बेल्टलाइन, स्लिक लुकिङ ग्लास, सार्क फिन एन्टेना, १६ इन्चको अलोय ह्वील जस्ता विशेषताले यसलाई विशिष्ट बनाउने कम्पनीको भनाइ छ।

प्रकाशित: २४ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sri Lanka arrests 1,093 foreigners in cybercrime crackdown in 2026

  • Technology Khabar
  • २४ श्रावण २०७८, आईतवार