यस्तो छ काठमाडौं महानगरपालिकाको अनलाइन प्रणालीमार्फत कर तिर्ने बुझाउने बिधि

  • Technology Khabar | २४ श्रावण २०७८, आईतवार
यस्तो छ काठमाडौं महानगरपालिकाको अनलाइन प्रणालीमार्फत कर तिर्ने बुझाउने बिधि

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले गत वर्षदेखि अनलाइनमार्फत राजस्व भुक्तानी गर्ने सुविधा सञ्चालनमा ल्याएको छ। महानगरपालिकाले आफ्ना सबै वडा कार्यालय र सेवाको राजस्व तिर्नसकिने सुबिधा दिएको छ।

जसअनुसार सेवाग्राहीले घरबाटै महानगरपालिकालाई बुझाउने कर अनलाइनबाटै तिर्न सक्दछन् । यसको लागी सबैभन्दा पहिले सेवाग्राहीले आफ्नो वडा कार्यालयमा गएर राजस्व सफ्टवेयरमा आफ्नो सम्पत्ति वा व्यवसायको विवरण प्रविष्ट गराएर करदाता संकेत नम्बर लिनुपर्ने हुन्छ।

तर गत वर्ष सफ्टवेयरबाट कर बुझाइसकेको भए रसिदबाटै करदाता संकेत नम्बर र आन्तरिक संकेत नम्बर लिन सकिने महानगरपालिकाले जानकारी दिएको छ।

महानगरपालिकाले सम्पत्ति वा व्यवसायको करहरु कसरी अनलाइनबाटै तिर्न सकिन्छ भनेर जानकारी समेत दिएको छ।

यसको यस्तो छ प्रकृयाहरु:

  • पहिले आफ्नो सम्पत्ति वा व्यवसायको बिबरणहरु दर्ता गरिसकेपछि महानगरको अनलाइन पोर्टल https://eservice.kathmandu.gov.np/ मा जानुपर्दछ।
  • त्यसपछि ‘नयाँ प्रयोगकर्ता ? यहाँ दर्ता गर्नुहोस्’ लेखिएको स्थानमा क्लिक गर्नुहोस् ।
  • सो स्थानमा रहेको करदाता पोर्टलको फाराम भर्नुहोस् ।
  • तपाईंको ईमेल वा मोबाइल नम्बरमा आएको ओटीपी कोड करदाता पोर्टलमा राख्नुहोस् ।
  • आफ्नो सुरक्षित पासवर्ड राखि ‘दर्ता गर्नुहोस्’ लेखिएको स्थानमा क्लिक गर्नुहोस् ।
  • पुनः तपाईंको फोन वा ईमेल आईडीमा प्राप्त भएको ओटीपी कोड राखि ‘पेस गर्नुहोस्’ लेखिएको स्थानमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि लगईन (Log In) गर्नको लागि युजर नेम (User Name) को ठाउँमा नयाँ आन्तरिक संकेत र पासवर्ड राख्नुहोस्।
  • लग ईन गरिसकेपछि ‘करदाता’मा क्लिक गर्नुहोस् ।
  • अब तपाईँले ‘भुक्तानी’ मा क्लिक गर्नुहोस् ।
  • कर तिर्नका लागि आफूले चाहे अनुसारको सेवा प्रदायकहरु (जस्तैः ईसेवा, कनेक्ट आईपीएस, फोनपे, खल्ती) छनौट गरिसकेपछि सेवा प्रदायकको खाता लगईन गरी भुक्तानी सुनिश्चित गर्नुहोस् ।

यदि यो प्रणालीमा कुनै समस्या देखिएको खण्डमा सेवाग्राहीले [email protected] माईमेल गर्न तथा ०१-५३६७३९० वा ९८५१०४५०८८ मा फोन गर्न सकिने महानगरले जनाएको छ।

यसका साथै https://eservice.kathmandu.gov.np/faq मा गएर महानगरपालिकाको सो सिस्टम सम्बन्धी जानकारी लिन सक्नुहुनेछ ।

प्रकाशित: २४ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...