
काठमाडौं ।
नबिल बैंकले आफ्ना सेवाहरु आजदेखि सुचारु भएको जानकारी दिएको छ । बैंकको कोर बैंकिङ्ग सिस्टम (सीबीएस) लाई स्तरोन्नति गर्नका लागि शुक्रबार दिउँसो ४ बजेदेखि आज सोमबार बिहान ९ बजेसम्म कारोबार बन्द गरेको थियो ।
अब भने सम्पूर्ण सेवाहरु सहजरुपमा उपलब्ध भएको जनाएको छ ।
नबिल बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै बैंकका सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटिएम, कार्ड, रेमिट्यान्स लगायत सम्पूर्ण बैंकिङ्ग कारोबारहरु शुरु भएको जानकारी दिएको हो ।
बैंकले थप डिजिटल अनुभव प्रदान गर्न आगामी दिनमा सहज हुने बताएको छ ।
प्रकाशित: ७ असार २०७८, सोमबार