टिकटकजस्तै शर्ट भिडियो शेयरिङ फिचर ल्याउँदै युट्युब

  • Technology Khabar | १८ फाल्गुन २०७७, मंगलवार
टिकटकजस्तै शर्ट भिडियो शेयरिङ फिचर ल्याउँदै युट्युब

काठमाडौं ।

युट्युबले शर्ट्स नाम गरेको टिकटक जस्तै शर्ट भिडियो शेयरिङ फिचर सुरु गरेको  छ। यसको मुख्य उद्देश्य टिकटकको बढ्दो प्रभावकारितालाई रोकेर त्यसको बदलामा युट्युब अन्तर्गतको भिडियो शेयरिङ फिचरका प्रयोगकर्ता बढाउने रहेको छ।

यो नयाँ फिचर अमेरिकामा रहेका केही युट्युब प्रयोकर्ताले प्राप्त गर्न थालिसकेका छन् भने छिट्टै नै विश्वव्यापी रुपमा उपलब्ध हने जनाइएको छ।

अहिलेका लागि शर्ट्स बिटा भर्जनमा रहेकोले अमेरिकाका पनि सबै युट्युब प्रयोकर्ताका लागि उपलब्ध छैन। अहिले कम्पनीले शर्ट्सको ए/बी टेस्टिङ गरिरहेको जनाइए पनि युट्युबले शर्ट्का बारेमा गएको १२ महिनादेखि अध्ययन अनुसन्धान गरिरहेकाले छिट्टै नै यसको स्टेबल भर्जन उपलब्ध भइसक्ने अपेक्षा गर्न सकिन्छ।

बिटा भर्जनमै हुँदा पनि युट्युबको शर्ट्सलाई साढे तीन अर्ब जनाले हेरिसकेकाले यसले स्टेबल भर्जनमा आएपछि उल्लेख्य सङ्ख्यामा प्रयोगकर्ता पाउने कम्पनीको अपेक्षा छ।

टिकटकका प्रयोगकर्ताका बारेमा भन्ने हो भने प्रत्येक महिना एक अर्ब एक्टिभ यूजर बढिरहेका छन् र यति छिटै यो दरमा प्रयोगकर्ता बढाउने रेकर्ड बनाउने यो नै पहिलो एप हुने निश्चित छ।

यस हिसाबले अगाडि बढिरहेको टिकटकसँग प्रतिस्पर्धा गर्ने हिसाबले आएको शर्ट्सलाई राम्रै मेहनत गर्नुपर्ने देखिन्छ।

प्रकाशित: १८ फाल्गुन २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Singapore EV sales forecast to rise 34.3 pct in 2026

  • Technology Khabar
  • १८ फाल्गुन २०७७, मंगलवार