रेडमी नोट ८ प्रो र पोको एफ२ प्रो मा एमआईयूआई १२.५ अपडेट उपलब्ध

  • Technology Khabar | ७ असार २०७८, सोमबार
रेडमी नोट ८ प्रो र पोको एफ२ प्रो मा एमआईयूआई १२.५ अपडेट उपलब्ध

काठमाडौं ।

चिनियाँ कम्पनी शाओमीले छिट्टै नै एमआईयूआई १३ सार्वजनिक गर्ने चर्चा चलिरहेको छ।

यसै चर्चाका बीच कम्पनीले आफ्नो हालसम्मको अत्याधुनिक एमआईयूआई १२.५ निश्चित योग्यता भएका र सूचीमा रहेका डिभाइसका लागि उपलब्ध गराइरहेको छ।

हाल यो अपडेट प्राप्त गर्नेमा रेडमी नोट ८ प्रो तथा पोको एफ२ प्रो रहेका छन्। रेडमी नोट ८ प्रो मिडियाटेक चिपसेट रहेको पहिलो रेडमी सिरिजको स्मार्टफोन हो। यसमा हिलियो जी९० चिपसेट राखेर एन्ड्रोइड ९.० पाइमा आधारित एमआईयूआई १० सहित सार्वजनिक गरिएको थियो।

यसमा एमआईयूआई ११ र १२ दुवै अपडेटसहित एन्ड्रोइड १० पनि उपलब्ध भएको थियो। अब भने कम्पनीले यसैलाई एमआईयूआई १२.५ को साथमा एन्ड्रोइड ११ पनि उपलब्ध गराएको छ।

तर यो अपडेट हालका लागि चीनमा रहेका र निश्चित बिल्ड नम्बर भएका डिभाइसहरुमा मात्र उपलब्ध हुनेछ भने छिट्टै चीनबाहिर पनि उपलब्ध हुने अपेक्षा गरिएको छ।

यसैगरी रेडमी के३० प्रो को रिब्रान्डेड भर्सन भनेर चिनिने पोको एफ२ प्रो को पनि शुरुवातमा निश्चित बिल्ड नम्बर भएका ईईए भेरियन्टमा मात्र यो अपडेट उपलब्ध हुने र अन्य भेरियन्टमा आउँदा हप्तातिरबाट उपलब्ध हुने बुझिएको छ।

यो सार्वजनिक हुँदा नै एमआईयूआई ११  एन्ड्रोइड १० सहित आएको होर यसलाई सार्वजनिक भएको १ महिनापछि एमआईयूआई १२ र एन्ड्रोइड ११ मा अपग्रेड गरिएको थियो।

प्रकाशित: ७ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...