अमेजनले लक्जमबर्गलाई कर तिर्न भनिएको २५० मिलियन यूरोको मुद्धा जित्यो

  • Technology Khabar | ३० बैशाख २०७८, बिहीबार
अमेजनले लक्जमबर्गलाई कर तिर्न भनिएको २५० मिलियन यूरोको मुद्धा जित्यो

काठमाडौं ।

अमेजनले लक्जमबर्गलाई करको रुपमा २०० मिलियन यूरो पुनः तिर्नुपर्ने आदेश दिएको ट्याक्सको मुद्धा जितेको छ । युरोपेली आयोगले प्राविधि कम्पनीलाई अन्यायपूर्ण विशेष उपचार दिइएको आरोप लगाउँदै कर फिर्ताको रूपमा चुक्ता गर्न आदेश दिएको थियो।

तर ईयुको जनरल अदालतले उक्त आदेशलाई खारेज गर्‍यो, र “कुनै छनौटको फाइदा” नदिएको भन्ने उल्लेख गरेकोछ।

अमेजनले यो निर्णयमा आफ्नो दीर्घकालीन स्थितिसँग मिल्दोजुल्दो भएको र आफूहरुले सबै लागू कानूनहरू पछ्याउने बताएको छ । “हामी खुसी छौं कि अदालतले यो कुरा स्पष्ट गर्यो, र हामी युरोपभरि आफ्ना ग्राहकहरुका लागि डेलिभरीमा ध्यान दिन जारी राख्न सक्छौं,” कम्पनीले एक विज्ञप्तिमा भन्यो।

विवादास्पद आदेश २०१७ मा भएको थियो, जब यूरोपीयन प्रतिस्पर्धा आयुक्त, मार्ग्रेथ भेस्टगरले केही ईयू देशहरूमा टेक जायन्ट्स र उनीहरूको कर व्यवस्थामा ध्यान केन्द्रित गरेकी थिईन्।

युरोपेली आयोगले सो कर सम्झौताले कम्पनीलाई राज्यको सहयोग पुर्‍याउने आरोप लगाएको थियो र यो कुराले ईयुको आन्तरिक बजारको नियम भंग गर्ने बताएको थियो।

तर अमेजन र लक्जमबर्ग दुबै फैसला खारेजको लागि अदालतको गएका थिए । एजेन्सी

प्रकाशित: ३० बैशाख २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...