भारतीय फूड डेलिभरी स्टार्टअप जोमाटोले आईपीओ जारी गर्दै

  • Technology Khabar | १६ बैशाख २०७८, बिहीबार
भारतीय फूड डेलिभरी स्टार्टअप जोमाटोले आईपीओ जारी गर्दै

काठमाडौं ।

भारतमा अनलाइन फूड डेलिभरी स्टार्टअप जोमाटोले आईपीओको तयारीको एक भागको रूपमा भारतीय स्टक नियामक सेबीमा ड्राफ्ट प्रोस्पेक्टस पेश गरेको छ। प्रोस्पेक्टसका अनुसार कम्पनीले अफर फर  सेलमार्फत विद्यमान लगानीकर्ता र प्रेश इश्यु मार्फत८२५० करोड भारु उठाउने छ।

यसमध्ये फ्रेश इश्यु ७५०० करोड भारु हुनेछ भने अफर फर  सेल ७५० करोड भारु हुनेछ । इन्फो एजको कम्पनीमा १८.४ प्रतिशत शेयर छ। र अफर फर  सेलको सुबिधा एजलाई दिईनेछ।

कम्पनीले प्री आईपीओ प्लेसमेन्टमार्फत पनि करिब १५०० करोड भारु उठाउन सक्नेछ। आईपीओ मार्फत कम्पनीले ७५०० करोड भारु उठाउनेछ जसमध्ये कम्पनीले ५६२५ करोड भारु वृद्धिका लागि खर्च गर्ने छ। ३१ डिसेम्बर २०२० मा, जोमाटोले १३०१ करोड आम्दानी गरेको थियो जबकि २०१९-२० को अवधिमा यो २६०५ करोड भारतीय रूपैयाँ थियो। फेब्रुअरीमा, जोमाटोले टाइगर ग्लोबल, कोरा र केही अन्य लगानीकर्ताहरूबाट १८०० करोड भारु उठाएको थियो । यस कम्पनीको मूल्यांकन ५.४ अर्ब डलर तोकिएको छ । एजेन्सीका साथ

प्रकाशित: १६ बैशाख २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...