आर्थिक समाचार

मेगा बैंकबाट राजधानीका तीन ठाउँमा एकैपटक एक्सटेन्सन काउन्टर विस्तार

मेगा बैंकबाट राजधानीका तीन ठाउँमा एकैपटक एक्सटेन्सन काउन्टर विस्तार
Global IME Bank

मेगा बैंक नेपाल लिमिटेडले राजधानीका तीन ठाउँमा एकैपटक एक्सटेन्सन काउन्टर विस्तार गरेको छ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ७, नारायणटार, काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ स्थित गान्धी आदर्श माध्यमिक विद्यालय नजिकै रहेको गान्धी मोड र भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर ७, गुण्डुमा मेगा बैंकको एक्सटेन्सन काउन्टरहरु सोमबारका दिन देखि सञ्चालनमा आएका छन् ।

एक्सटेन्सन काउन्टर खोलेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले यसअघि पनि बिभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टरहरु खोलिसकेको छ । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको हाल देशभर २०६ वटा शाखा र ३४ वटा एक्सटेन्सन काउन्टरहरु सञ्चालित रहेको कम्पनीले जनाएको छ।

Sajilo Visa
easy care