स्पेसएक्सद्वारा चार ‍जना वैज्ञानिक रहेको रकेट अन्तरिक्षमा प्रक्षेपण

  • Technology Khabar | १० बैशाख २०७८, शुक्रबार
स्पेसएक्सद्वारा चार ‍जना वैज्ञानिक रहेको रकेट अन्तरिक्षमा प्रक्षेपण

काठमाडौं ।

स्पेसएक्सले चार ‍जना वैज्ञानिक रहेको रकेट अन्तरिक्षमा प्रक्षेपण गरेको छ।

नासाको स्पेशएक्स क्रू टु मिसन अन्तर्गत नासाका वैज्ञानिकद्वय शेन किम्ब्रो र शेन म्याकआर्थर, जापान एरोस्पेश एक्सप्लोरेशन एजेन्सीका अकिहिको होशिदे तथा यूरोपेली अन्तरिक्ष एजेन्सीका थोमस पेस्केटको टोलीलाई स्पेशएक्सको फाल्कन ९ रकेटमा राखेर पठाइएको हो।

एलन मस्कको व्यक्तिगत अन्तरिक्ष संस्थाले अन्तरिक्षयात्री सहितको रकेट उडाएको यो तेस्रो पटक हो।

यो उडानमा प्रयोग भएको फाल्कन ९ रकेटले गत नोभेम्बरमा ४ जनालाई अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुर्याएको थियो भने क्रू ड्रागन अन्तरिक्षयानले भने गत मे महिनामा भएको स्पेशएक्सको पहिलो मानवयुक्त प्रक्षेपणमा अन्तरिक्षमा पुर्याएर फर्केको पनि थियो।

यी दुवै रकेटहरुलाई नवीकरण गरी प्रयोग गरिएकोले अन्तरिक्ष यात्राका क्षेत्रमा नवीकरणीय युगको शुरुवात भएकोमा वैज्ञानिकहरु खुशी पनि भएका छन्।

नासाका अधिकारीहरुले यो एक वर्षभित्रको तेस्रो प्रक्षेपण भएको र स्पेसएक्सजस्तो निजी संस्थाले अमेरिकामा रकेट प्रक्षेपणको क्षमता बढाउन र रकेट प्रक्षेपणका लागि रुसमा भरपर्नु पर्ने बाध्यतालाई केही कमी गराएकोमा खुशी व्यक्त गरे।

बिहीबार बिहानका लागि तय भएको भए पनि मोसमका कारण उक्त रकेट शुक्रबार बिहान ५ बजेर ४९ मिनेटमा प्रक्षेपण गरिएको थियो। उक्त प्रक्षेपण नासाको फ्लोरिडामा रहेको केनेडी स्पेस सेन्टरबाट गरिएको थियो।

यीमध्ये क्रू ड्रागन शनिबार बिहान अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुग्ने तय गरिएको छ।

प्रकाशित: १० बैशाख २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...