मोबाइल इमेज सेन्सर बजारमा सोनीको वर्चस्व, सामसङ दोस्रो नम्बरमा

  • Technology Khabar | २७ चैत्र २०७७, शुक्रबार
मोबाइल इमेज सेन्सर बजारमा सोनीको वर्चस्व, सामसङ दोस्रो नम्बरमा

काठमाडौं ।

गत वर्ष स्मार्टफोनको इमेज सेन्सर बजार १५ अर्ब डलरले वृद्धि भयो। स्ट्राटेजी एनालिस्ट नामक अनुसन्धान संस्थाको रिपोर्ट अनुसार अघिल्लो वर्षभन्दा १३ प्रतिशत व्यापार बढेर उक्त रकम बराबरको कारोबार भएको हो।

यो वर्ष सन् २०१९ मा भन्दा ८.८ प्रतिशतले विश्वभरमा स्मार्टफोनको बिक्री घटे पनि कारोबार रकममा भने बढोत्तरी भएको हो।

यो बजारको हिस्सा ओगट्नेमा सोनी ४६ प्रतिशतका साथ अग्रपंक्तिमा आउँछ। कम्पनीले सन् २०२० को पहिलो ६ महिनामा भन्दा केही प्रतिशत बढी बजार हिस्सा ओगटेको हो। २०२० को पहिलो ६ महिनामा यो आँकडा ४४ प्रतिशतको थियो।

यो दाैडमा सामसङ सोनीभन्दा अलिकतिमात्र पछाडि रहेको छ।

सामसङको इमेज सेन्सरले यो बजारको २९ प्रतिशत हिस्सा ओगटेको छ। अघिल्लो वर्षको उत्तरार्ध सामसङका लागि पूर्वार्द्धभन्दा फापेको थिएन। उक्त वर्ष अघिल्लो ६ महिनामा सामसङको बजार हिस्सा ३२ प्रतिशत थियो।

यसैगरी ओम्निभिजन १० प्रतिशतसहित तेस्रो स्थानमा रहेको छ। अघिल्लो ६ महिनामा यसको बजार हिस्सा ९ प्रतिशत रहेकोमा पछिल्लो ६ महिनामा केही प्रगति देखिन्छ।

ह्वावे सोनीको इमजे सेन्सरको ठूलो उपभोक्ता भएका कारण ह्वावेमाथि प्रतिबन्ध लागेपछि सोनीले गत वर्ष निकै ठूलो घाटा ब्यहोर्नुपर्यो। अनर ह्वावेबाट छुट्टिए पनि त्यसले सोनीको खस्केको बजार उठाउन खासै मदत गरेन।

गत वर्ष स्मार्टफोनमा उच्च रेजोल्युशन भएका र धेरैवटा क्यामरा प्रयोग गरिए। गत वर्ष कोरोना महामारीले भने खासै प्रभाव नपारेको इमेज सेन्सरको बजारलाई विश्वव्यापी रुपमा भएको सेमिकन्डक्टर चिप अभावले भने राम्रैसँग थला पार्ने स्ट्राटेजी एनालिस्टको आकलन रहेको छ।

प्रकाशित: २७ चैत्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

PUBG Mobile and Naruto Shippuden announces partnership with coming Version 4.5

  • Technology Khabar
  • २७ चैत्र २०७७, शुक्रबार