सिटिजन्स बैंक र पेलेस एप्सबीच सम्झौता

  • Technology Khabar | ७ फाल्गुन २०७७, शुक्रबार
सिटिजन्स बैंक र पेलेस एप्सबीच सम्झौता

काठमाडौं ।

सिटिजन्स बैंक र पेलेस एप्सबीच बैंकको कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापछि सिटिजन्स बैंकका कार्डवाहकहरुले पेलेस एप्ससँग आवद्ध ४५० भन्दा बढी आउटलेटहरूमा विशेष छुट पाउनेछन् ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।

यस्तै बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्ने सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ।

प्रकाशित: ७ फाल्गुन २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

YADEA Nepal unveils the all-new GS70, GT70 and GT80

  • Technology Khabar
  • ७ फाल्गुन २०७७, शुक्रबार