
काठमाडौं ।
अमेजनका संस्थापक जेफ बेजोसकी पूर्व पत्नी म्याकेन्जी स्कटले चार महिनामा फूड बैंक र आपतकालिन राहत कोषहरूलाई ४ अर्ब डलर भन्दा बढी दान दिएकी छिन्।
एक ब्लग पोष्टमा स्कटले भनिन् कि उनी अमेरिकीहरुलाई सहयोग गर्न चाहन्छिन जो महामारीको कारण संघर्ष गरिरहेका थिए।
स्कट विश्वको १८ औं सबैभन्दा धनी व्यक्ति हुन् जसले यस वर्ष उनको सम्पत्ति २३.६ अर्ब डलर देखी बढेर ६०।७ अर्ब डलर पुगेको देखेकि छिन् ।
उनको अधिकांश सम्पत्ति श्रीमान बेजोसबाट आएको थियो जो विश्वको धनी मानिस र अमेजनको मुख्य कार्यकारी हुन्।
‘यो महामारी पहिलेदेखि नै संघर्ष गरिरहेका अमेरिकीहरूको जीवनमा विनाशकारी बल भएको छ,’ उनले मंगलबार एक ब्लग पोस्टमा लेखिन्, उनले ३८० भन्दा बढी परोपकारी संस्थालाई छनौट गरी लगभग ३८०० संगठनहरूको बारेमा छलफल गरे।
यसअघि पनि स्कटले जुलाईमा ११६ वटा परोपकारी संस्थाहरुलाई १.७ अर्ब डलर दान गरेकी थिईन् । हालको दानका साथमा यसले लगभग यो वर्ष करिब ६ अर्ब डलर उनले कुल दान दिएकी छिन् । एजेन्सी
प्रकाशित: १ पुष २०७७, बुधबार