मेगा बैंकले ल्यायो कन्ट्याक्टलेस डेबिट कार्ड, पिन नराखी २ हजारसम्मको भुक्तानी गर्न सकिने

  • Technology Khabar | ११ मंसिर २०७७, बिहीबार
मेगा बैंकले ल्यायो कन्ट्याक्टलेस डेबिट कार्ड, पिन नराखी २ हजारसम्मको भुक्तानी गर्न सकिने

काठमाडौं ।

मेगा बैंक नेपालले कार्ड प्रयोगकर्ताहरुको लागि कन्ट्याकलेस् (नियर फिल्ड कम्युनिकेसन(एनएफसी) भुक्तानी सेवा सुरु गरेको छ । प्रविधिलाई आत्मसात गर्दै बैंकिङ सेवा प्रदान गरिरहेको मेगा बैंकले कार्ड प्रयोगकर्ता ग्राहकहरुका लागि कन्ट्याकलेस भुक्तानी सेवा सुरु गरेको हो ।

कन्ट्याकलेस भुक्तानी धेरै सरल र सहज भुक्तानी सेवा हो । जसमा कार्डलाई एनएफसी भएको पीओएस मेसिनमा नराखी रकम भुक्तानी गर्न सकिन्छ । एनएफसी जडान गरिएको कुनै पनि मेसिनमा यस सेवाको प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

ग्राहकलाई विश्व स्तरीय बैंकिङ अनुभव दिनको यो नयाँ टेक्नोलोजी भित्र्याइएको मेगा बैंककी सीइओ अनुपमा खुञ्जेलीले बताइन् । साथै, यस टेक्नोलोजी मार्फत बैंकले २ हजार रुपैयाँसम्मको भुक्तानी गर्न सक्ने उनले जानकारी गराइन् ।

कार्ड नराखी मेसिनले एउटा सीमित दुरीमा रहेर कार्डको डाटा लिएर भुक्तानी प्रकृया अगाडि बढाउने बैंकले जनाएको छ ।

प्रकाशित: ११ मंसिर २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार