एनसेलले पहिलो पटक वार्षिक साधारण सभा गर्दै, कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्ताव

Technology Khabar ८ मंसिर २०७७, सोमबार

एनसेलले पहिलो पटक वार्षिक साधारण सभा गर्दै, कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्ताव
लैनचौरमा रहेको एनसेल आजियाटा लिमिटेडको कर्पोरेट भवन । फाइल तस्बिर

काठमाडौं ।

निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले पहिलो पटक वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ ।

कम्पनी पहिलो पटक पब्लिक लिमिटेडमा परिवर्तन भएसँगै कम्पनीले प्रथम वार्षिक साधारण सभा गर्न लागेको हो । यसको लागि एनसेलले सार्वजनिक सूचना प्रकाशित गर्दै साधारण सभाको मिती समेत घोषणा गरेकोछ ।

एनसेल प्रालिबाट एनसेल आजियाटा लिमिटेडमा परिवर्तन भएको कम्पनीले यहि मंसिर ३० गते एनसेल आइकन भवन लैनचौरमा पहिलो वार्षिक साधारण सभा गर्ने भएको हो ।

एनसेलकी कम्पनी सचिव निशिका शर्माद्धारा प्रकाशित सार्वजनिक सूचनामा पहिलो वार्षिक साधारण सभा गर्न लागिएको र विभिन्न विषयहरुमा छलफल गरिने उल्लेख छ ।

पहिलो वार्षिक साधारण सभामा कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्ताव गरिएको छ भने आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण पारितगर्ने, कम्पनी ऐन, २०६३ अनुसारको प्रतिवेदन पारित र्ने, लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, आव २०७६।७७ को लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने, संचालक समितिमा स्वतन्त्र संचालक नियुक्ति गर्ने, र संचालकहरुको पारिश्रमिक, भत्ता तथा अन्य सुबिधाहरु पारित गर्ने लगायतका विषयहरु साधारण सभामा छलफलमा पेश हुनेछन्।

स्थापना कालमा मेरो मोबाइलको नाममा शुरु भएको एनसेलको नाम टेलिया सोनेराले शेयर किनेसँगै एनसेलको ब्राण्डमा शुरु भएको थियो ।

मेरो मोबाइलको नाममा सेवा शुरु गरेको स्पाइस नेपालले सन् २०१० मा स्विडेनको टेलिया सोनेरालाई कम्पनी बिक्री गरेको थियो भने त्यसपछि मलेशियाको आजियाटाले किनेको हो । टेलियाले मेरो मोबाइल र स्पाइस नेपालको नाम परिवर्तन गर्दै एनसेलको रुपमा ब्राण्डिङ्ग गरेयता एनसेलको नाममा सेवा सञ्चालन गर्दै आएको छ ।

निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल अपरेटर एनसेलले २०६१ भदौ १६ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल सेवा सञ्चालनको अनुमति पाएको थियो ।

चालु आवको साउन महिनामा मात्रै कम्पनी प्राइभेट लिमिटेडबाट पब्लिक कम्पनीमा परिवर्तन भएको थियो ।

कम्पनी ऐन २०६३ को २०७४ सालमा भएको संसोधनपछि आगामी बैशाखभित्र पाँच करोड रुपैयाँभन्दा बढी चुक्ता पूँजी भएका दूरसञ्चार कम्पनीहरु पब्लिक कम्पनीमा जानु पर्ने व्यवस्था रहेको छ । सोहिअनुसार एनसेल पनि पब्लिक कम्पनीमा गएको हो ।

एनसेलको चुक्ता पूँजी १० करोड रुपैयाँ छ ।

यो पनि हेर्नुस्-

प्राइभेट कम्पनी एनसेल अब पब्लिक कम्पनी बन्यो, नाम समेत परिवर्तन

प्रकाशित: ८ मंसिर २०७७, सोमबार

तपाइको प्रतिक्रिया