एप्पलले कर तिर्न नपर्ने अदालती निर्णय विरुद्ध युरोपेली आयोगले अपील गर्ने

  • Technology Khabar | ११ आश्विन २०७७, आईतवार
एप्पलले कर तिर्न नपर्ने अदालती निर्णय विरुद्ध युरोपेली आयोगले अपील गर्ने

काठमाडौं ।

युरोपेली आयोगले आयरल्यान्डलाई १३ अर्ब युरो तिर्नु नपर्ने भन्ने निर्णयको बिरूद्ध अपील गर्ने योजना गरेको छ।

इयुको जनरल अदालतले गत जुलाईमा एप्पलले तिर्ने ट्याक्समा कुनै नियम तोडेको कुनै प्रमाण नभएको फैसला सुनाएको थियो।

आयरल्याण्डले यस व्यवस्थामा कहिले पनि विवाद गरेन तर युरोपेली आयोगले यसले एप्पलले ईयुको राजस्व नतिर्नका लागि सक्षम बनाएको तर्क दिएको छ।

ईयूले करको सहि रकम तिर्न शीर्ष प्राथमिकताू रहेको बतायो।

२०१६ मा एक अदालतले वास्तवमै डब्लिनद्धारा एप्पललाई अवैध कर बिच्छेद गरेको फैसला सुनायो, तर यो २०२० को जुलाईमा उल्टिएको थियो।

ईयूका कार्यकारी उपाध्यक्ष र प्रतिस्पर्धी आयुक्त मार्ग्रेथ भेस्टगरले एक विज्ञप्तिमा भनिन, सदस्य देशहरूले केहि बहुराष्ट्रिय कम्पनीहरूलाई करको सुविधा दिने जून ती कम्पनीहरुको प्रतिद्वन्द्वीलाई उपलब्ध नहुनसक्दछ, यसले युरोपियन युनियनमा निष्पक्ष प्रतिस्पर्धाको उलंघन हुनेछ।

एक नयाँ अपील अब उच्च अदालत, यूरोपीय न्याय अदालत अगाडि जानेछ। बीबीसी

प्रकाशित: ११ आश्विन २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...