थ्रि सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्स र सिद्धार्थ बैंक बीच सम्झौता, बस भाडा भुक्तानी डिजिटलाईज गरिने

  • Technology Khabar | ४ भाद्र २०७७, बिहीबार
थ्रि सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्स र सिद्धार्थ बैंक बीच सम्झौता, बस भाडा भुक्तानी डिजिटलाईज गरिने

काठमाडौं ।

थ्रि सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्स प्रा.लि. ले सार्वजनिक सवारीको क्षेत्रमा नविनतम् प्रविधि विकाश गरी आधुनिकीकरण गर्ने क्रममा विकसित डिजिटल भुक्तानी प्रणालीमा सिद्धार्थ बैंक लिमिटेडले व्यावसायिक सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा थ्रि सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खुशल रेग्मी तथा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक सुरेश राज महर्जनले हस्ताक्षर गरे ।

थ्रि सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्सले विकसित गरेको प्रणालीमा डिजिटल भाडा भुक्तानीका अलावा जिपिएस ट्र्याकिङ्ग, स्मार्ट बहुउपयोगी बोर्ड, मोबाइल एप्लिकेशन लगायतका बिभिन्न बिशेषता रहेको छ ।

उक्त हस्ताक्षर कार्यक्रममा थ्रि सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत रेग्मीले कम्पनी आफैले विकास गरेको यस पूर्ण प्रणालीको प्रयोगबाट यातायात व्यवशायी, सर्वसाधारण, सरकार, यातायात कर्मचारी लगायत सम्पुर्ण सरोकारवालालाई फाइदा पुग्ने बताए ।

यस सम्झौता पश्चात् थ्रि सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्स अन्तर्गत सञ्चालनमा रहेको यातायातमा सिद्धार्थ बैंकको पोस मेसिन राखिने र यात्रुहरुले स्मार्ट प्रिपेड कार्ड, क्यूआर समेतको प्रयोग गरी पोसमार्फत आफ्नो बस भाडा भुक्तानी गर्न सक्नेछन् ।

प्रयोग गरिने स्मार्ट कार्ड सोझै यातायातबाट वा बैंकका शाखाहरुबाट खरिद गर्न सकिने र कार्डमा आवश्यकता अनुसार नगद लोड गर्न सकिने कम्पनीले जनाएको छ।

यस कार्यबाट हालको कोरोनाको महामारीमा राष्ट्र बैंकको निर्देशन अनुरुप डिजिटाइजेसन र नगद रहित कारोबारको उपयोग बढ्ने विश्वास दुवै पक्षले गरेको छ ।

संस्थामा प्रविधि विकासको कार्य गरिरहेका अनुसन्धानकर्ता राम प्रसाद रिमालका अनुसार सार्वजनिक यातायातमा कार्ड सहितका विभिन्न यात्रु सुरक्षा र डिजिटाइजेसन सहितका ६ प्रकारका उपकरणहरु जडान गरी अत्याधुनिक सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत रेग्मीका अनुसार गैर आवासीय नेपाली, जलविद्युत क्षेत्र बित्तिय तथा मानव संसाधन व्यवस्थापनका क्षेत्रमा काम गरिरहेका संस्थापकहरुबाट संचालित भएकाले छिट्टै आम सर्वसाधारण, व्यवसायी लगायतका व्यक्तिहरुको मन जित्ने दावी गरे।

प्रकाशित: ४ भाद्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei empowers Nepal’s green energy future with launch of FusionSolar9.0 Smart PV Solution

  • Technology Khabar
  • ४ भाद्र २०७७, बिहीबार