
काठमाडौं ।
काठमाडौं । क्षमादेवी ग्रुपले एल एण्ड टी ब्राण्डका स्वीच तथा स्वीच गियर नेपालमा भित्र्याएको छ । नेपालका लागि आधिकारिक विक्रेता नियुक्त भएसंगै क्षमादेवी ग्रुपले एल एण्ड टी ब्राण्डका मोडुलर स्वीच र स्वीच गेयरहरु नेपाली बजारमा ल्याएको हो ।
काठमाडौंको सोल्टी क्राउन प्लाजामा सोमबार डिलर मिट कार्यक्रमको आयोजना गरी भारतमा उत्पादन भएको उक्त मोडुलर स्वीच तथा स्वीच गेयर सार्वजनिक गरिएको छ ।
कार्यक्रममा क्षमादेवी ग्रुपका प्रमुख होमबहादुर बस्नेतले थप बजारको आवश्यकता र मागलाई सम्बोधन गर्न गुणस्तरीय विद्युतीय सामग्री पुर्याउने उद्धेश्यले बहुराष्ट्रिय कम्पनी एल एण्ड टी ब्राण्डका मोडुलर स्वीच तथा स्वीच गियरहरु बजारमा ल्याएको बताए । कम्पनीको मुख्य लक्ष्य गुणस्तरीय सामानहरुको बिक्रि वितरण गर्नु रहेको भन्दै उनले प्रोडक्टको बजारीकरणमा प्रमुख भूमिका डिलरहरुको रहने बताए ।
एल एण्ड टी ब्राण्डका स्वीच तथा स्वीच गियरहरु विभिन्न रङ तथा फरक मूल्यमा बजारमा उपलब्ध गराएको कम्पनीले जनाएको छ । ३ लाख पटक अन अफ गर्न सकिने यस स्वीचमा कम्पनीले १२ वर्षको ग्यारेन्टी दिएको छ । स्वीच आधुनिक मोडल, प्रविधिमैत्री र ब्याक्टेरिया फ्री रहेकाले विशेष गरी अस्पताल, ठुला परियोजना तथा होटेल र रेष्टुरेन्टमा प्रयोग हुने कम्पनीले जनाएको छ ।
क्षमादेवी ग्रुपले विगत १० वर्षदेखि नेपाली विद्युतीय बजारमा गुणस्तरीय विद्युतीय तथा बिल्डिङ सामग्रीहरु बिक्रि वितरण गरिरहेको जानकारी दिएको छ।
प्रकाशित: २० फाल्गुन २०७६, मंगलवार