काठमाडौं ।
काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमी कर्पले आर्टिफिशियल इन्टेलिजेन्स र ५जी प्रविधिमा ५० अर्ब यूआन(७.१८ अर्ब डलर) आगामी ५ वर्षमा खर्च गर्ने घोषणा गरेको छ ।
कम्पनीले यो क्षेत्रमा बढिरहेको प्रतिस्पर्धाका बिच सो लगानी गर्ने बताएको हो ।
शाओमीका सिईओ लेई जुनले सो घोषणा कम्पनीको सोसल मिडिया एकाउन्टमा बिहिबार गरेका हुन् तर त्यसको बिस्तृत जानकारी भने दिएका छैनन्।
उनले आगामी वर्ष ५जी र आईओटी सेक्टरमा प्रतिस्पर्धा गर्ने बताएका हुन् ।
‘हाम्रो आवश्यकता भनेको निरन्तर हामीसँग भएको एआई र आईओटीलाई एडभान्स बनाईरहनु हो,’ उनले भने ।
बेईजिंगमा आधारित कम्पनीले सूपथ मूल्यमा स्मार्टफोनहरु बनाउँदै आएको छ भने कम्पनीसँग इन्टरनेटमा आधारित उत्पादनहरु स्मार्ट टिभी र राइस कुकरहरुमात्र रहेको छ ।
तर कम्पनीले घरेलु बजारमा नै प्रतिस्पर्धी कम्पनी ह्वावे टेक्नोलोजीजबाट ससक्त चुनौती बेहोरिरहेको छ । शाओमीले यसअघि नै सन् २०२० मा कम्तिमा १० वटा ५जी स्मार्टफोनहरु लन्च गर्ने घोषणा गरेको थियो ।
प्रकाशित: १८ पुष २०७६, शुक्रबार