नबिल ग्राहक सेवा केन्द्रको सुभारम्भ

  • Technology Khabar | १६ मंसिर २०७६, सोमबार
नबिल ग्राहक सेवा केन्द्रको सुभारम्भ

काठमाडौं ।

काठमाडौं । आफ्ना ग्राहक महानुभावहरुलाई अझै उत्कृष्ठ सेवा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको सहर्ष जानकारी गराउदछौ । नबिल ग्राहक सेवा केन्द्रले आफ्ना ग्राहकहरुलाई चौबिसै घण्टा ३६५ दिन (२४×७) सेवा प्रदान गर्नेछ ।

नबिल ग्राहक सेवा केन्द्रले ग्राहकहरुकालागि एकल विन्दुको रुपमा काम गर्नेछ । बैंकको ग्राहक सेवा केन्द्र अत्याधुनिक प्रविधियुक्त्त हुनेछ र यसले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने बताईएको छ ।

ग्राहक सेवा केन्द्रले आगमन र गमन कलहरू दुबै सम्हाल्नेछ र यसले देश तथा बिदेशमा रहनुभएका ग्राहकबर्गहरूलाई सुचना आदान प्रदान गर्ने कार्य गर्नेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकको यस ग्राहक सेवा केन्द्रले ग्राहकलाई अझै उत्कृष्ट सेवा प्रदान गर्न मद्त गर्ने, ग्राहक सेवा केन्द्रले नबिल बैंकले मुख्यरुपमा जोड दिदै आएको customer service delivery लाई थप सुधार गर्ने, र ग्राहक अनुभवलाई अझ परिस्कृत बनाउनका लागि बल प्रदान गर्ने बताए ।

प्रकाशित: १६ मंसिर २०७६, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • १६ मंसिर २०७६, सोमबार