शाओमी मी नोट १० स्मार्टफोन सिरिज लन्च, १०८ मेगापिक्सलको पाँच वटा क्यामेरा सेटअप

  • Technology Khabar | २१ कार्तिक २०७६, बिहीबार

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक कम्पनी शाओमीले मी नोट १० स्मार्टफोन सिरिज लन्च गरेको छ । यो सिरिजमा एमआई नोट १० र नोट १० प्रो समावेश छ। यो गत हप्ता चीनमा लॉन्च गरिएको एमआई सीसी ९ को एक ग्लोबल संस्करणको रूपमा सार्वजनिक गरिएको छ।

फोनमा सबभन्दा खास पक्ष भनेको यसमा रहेको १०८ मेगापिक्सलको पेन्टा क्यामेरा सेटअप हो। फोनमा इन-डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर, वाटरड्रप आकार नोच डिस्प्ले राखिएको छ, जुन सबै कुनामा कभ्र्ड रहेको छ।

यस बाहेक, एमआई नोट १० सीरीज़ स्मार्टफोनका दुबै मोडेलहरू स्न्यापड्र्यागन ७३० जी प्रोसेसर र ५,२६० एमएएच ब्याट्रीको साथ सुसज्जित छन्। फोनमा ६जीबी र ८ जीबीको र्याम अप्सन छ भने १२८ जीबी र २५६ जीबीको स्टोरेज अप्सन हुनेछ ।

कम्पनीले एमआइ नोट १० सिरिजको ग्लाेबल भेरिएन्ट स्पेनबाट शुरु गरेको छ । यो स्मार्टफोनको मूल्य ५४९ यूरोदेखि शुरु हुन्छ ।

यो फोनका अन्य सबै फीचरहरु यसअघि चीनमा लन्च भएको एमआइ सीसी ९ कै जस्तै छन् ।

यो पनि हेर्नुस्-

यस्तो छ विश्वको पहिलो १०८ मेगापिक्सेल क्यामरा भएको शाओमीको सीसी९ प्रो स्मार्टफोन

प्रकाशित: २१ कार्तिक २०७६, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार