अमेरिकी टेलिकम एटी एण्ड टीले ग्राहकहरुलाई डाटा प्लानमा झुक्याएको ठहर, क्षतिपूर्ति दिने

  • Technology Khabar | २१ कार्तिक २०७६, बिहीबार
अमेरिकी टेलिकम एटी एण्ड टीले ग्राहकहरुलाई डाटा प्लानमा झुक्याएको ठहर, क्षतिपूर्ति दिने

काठमाडौं ।

काठमाडौं । अमेरिकी टेलिकम कम्पनी एटी एण्ड टीले स्मार्टफोन ग्राहकहरुलाई ठगी गरेको घट्नामा ६० मिलियन डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।

आफ्ना ग्राहकहरुलाई ‘अनलिमिटेड डाटा प्लान’ अन्तरगत रकम चार्ज गरेको घट्नामा सो रकम फिर्ता गर्नुपर्ने भएको हो । सो प्लानमा ग्राहकहरुले अधिक मात्रामा प्रयोग गर्दा कम्पनीले डाटा स्पीड घटाउने गरेको फेडेरल ट्रेड कमिसन(एफटिसी)ले बताएको छ ।

सन् २०१४ मा भएको उजुरीलाई सेटेलमेन्ट गर्न एटी एण्ड टीले एफटिसीलाई जरिवाना तिर्न तयार भएको हो । जसमध्ये करिब ३५ लाख प्रभावित ग्राहकहरुले आंशिक रकम फिर्ता पाउनेछन् ।

एटी एण्ड टीले अनलिमिटेड डाटा प्लानको बारेमा तत्कालिन समयमा गलत तरिकाले ग्राहकहरुला बताएको आरोप लागेको थियो । सन् २०११ देखि शुरु भएको सो प्लानमा कम्पनीले केहि स्पीड बढाएर दिने गरेको थियो तर अनलिमिटेड डाटा प्लान लिएका ग्राहकहरुले सो डाटा क्याप पुरा गरे लगत्तै डाटाको स्पीड घट्ने गरेको थियो ।

एटी एण्ड टीका हालका ग्राहकहरु जसले अनलिमिटेड डाटा प्लान लिएका छन उनीहरुले आफ्नो बिल क्रेडिट प्राप्त गर्ने र तत्कालिन समयमा ग्राहक भएका तर हाल सो कम्पनीको सेवा छोडेकाले भने इमेलमार्फत चेक प्राप्त गर्ने बताईएको छ । एजेन्सी

प्रकाशित: २१ कार्तिक २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार