जगदम्बा मोटर्सद्धारा ‘चान्स् टु वीन थ्रु क्लिक’ अभियान विजेतालाई टिभीएस एनटर्क स्कुटर हस्तान्तरण

  • Technology Khabar | ११ जेष्ठ २०७६, शनिबार
जगदम्बा मोटर्सद्धारा ‘चान्स् टु वीन थ्रु क्लिक’ अभियान विजेतालाई टिभीएस एनटर्क स्कुटर हस्तान्तरण

काठमाडौं ।

काठमाडौं । टिभीएस स्कुटर तथा मोटरसाइकलहरुको नेपालका लागि एक मात्र आधिकारिक बितरक जगदम्बा मोटर्स प्रालिले जगदम्बाका उत्पादनहरुको कस्टुमाईज स्टीकर प्याक बनाउनका लागि राकुटेन भाइबरसँग सहकार्य गरेको थियो ।

जगदम्बा मोटर्सले “चान्स टु वीन थ्रु क्लिक” नामक अभियान सार्वजनिक गरेको थियो जस अन्तर्गत ग्राहकहरुले “लभ ऐट फस्ट राईड” स्टीकर प्याक डाउनलोड गरेर टिभीएस एनटर्क १२५ सीसीको स्कुटर जित्नुका साथै थुप्रै आकर्षक उपहारहरु प्राप्त गर्ने अवसर सृजना गरेका थिए ।

यस अभियानको अन्त्यमा जगदम्बा मोटर्सले विजेताको नाम घोषणा गरेको छ । यस अभियानकी विजेता पोखराकी लक्ष्मी पोखरेललाई स्कुटर प्रदान गरिएको छ । उनलाई जगदम्बा मोटर्स् प्रा.लि.का भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले स्कुटरको साचो हस्तान्तरण गरेका छन् ।

‘हाम्रो ब्राण्डसँग सहकार्य गरेर ग्राहकहरुलाई डिजिटल्ली जोड्दै उत्साह र खुसीयाली बाँढ्न मद्दत गरेकोमा हामी भाइवरलाई आभार प्रकट गर्न चाहान्छौँ । हामी देशभरका ग्राहकहरुको उत्साहजनक सहभागीताले अत्यन्तै खुसी छौँ,’ जगदम्बा मोटर्स् प्रा. लि. का भाइस प्रेसिडेन्ट दीपक अग्रवालले भने ।

प्रकाशित: ११ जेष्ठ २०७६, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...