नेपालमा एफसेवेन यूथ सार्वजनिक गर्ने ओपोको तयारी

  • Technology Khabar | ३१ जेष्ठ २०७५, बिहीबार
नेपालमा एफसेवेन यूथ सार्वजनिक गर्ने ओपोको तयारी

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी ओपोले नेपाली बजारमा चाँडै नै ओपो एफसेवेन यूथ सार्वजनिक गर्ने घोषणा गरेको छ।

यूवा पुस्ताको माग तथा आवश्यकता दृष्टिगत गर्दै विशेषरुपमा तयारी गरिएको एफसेवेन यूथमा एआई ब्यूटी २.० प्रविधिका साथै सुपर फुल स्क्रिनपनि उपलब्ध गरिएको छ । जानकारीका अनुसार कम्पनीले नयाँ फोन सनराइज रेड, मुनलाइट सिल्भर र डायमण्ड ब्ल्याक गरी तीन भिन्न रंगमा सार्वजनिक गर्ने तयारी गरेको हो।

‘हामीले निकट भविष्यमै एफसेवेन अन्तर्गत नयाँ भ्यारियण्ट एफसेवेन यूथ सार्वजनिक गर्दै छौँ । नयाँ तथा अत्याधुनिक प्रविधि सुसज्जित नयाँ फोन निकै आकर्षक मुल्यमा उपलब्ध गराउने हाम्रो योजना रहेको छ,’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने।

ओपो एफसेवेन यूथमा उपलब्ध हुने केही प्रमुख फिचर्सः

 नयाँ एआई २.० ब्यूटी प्रविधि

 नयाँ डायमण्ड ब्ल्याक डिजाइन

 सुपर फुल स्क्रिन र फुल स्क्रिन मल्टिटास्किङ

 शक्तिशाली कार्य सम्पादन क्षमता

 नयाँ कलरओएस ५.०मा आधारित एण्ड्रोइड ८.१ सञ्चालन प्रणाली

कम्पनीले हालसम्म सार्वजनिक मिति, उपलब्धता र मूल्यका बारेमा आधिकारिक जानकारी दिएको छैन् । तथापी, जुन–२०१८ भित्रै फोन सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

प्रकाशित: ३१ जेष्ठ २०७५, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘InnoVision’ wins Mid-Valley’s ‘Build Nepal Hackathon 2026’, ‘Sentinaz’ named runner-up

  • Technology Khabar
  • ३१ जेष्ठ २०७५, बिहीबार