
काठमाडौं ।
काठमाडौं, २३ बैशाख । मेगा बैंक नेपालको पाँचौँ साधारण सभाले गरेको निर्णय अनुसार मेगा बैंकले आफ्ना शेयरधनीहरुमा २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । यसको लागि बैंकले ग्लोबल आईएमई क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको बैंकले जनाएको छ । बैंकमा आयोजित एक कार्यक्रममा मेगा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत अनुपमा खुन्जेलि तथा ग्लोबल आईएमई क्यापिटलका तर्फबाट मर्चेन्ट बैंकिंग प्रमुख नलिना श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
२५ प्रतिशत हकप्रद शेयर निष्काशनपछि मेगा बैंकको चुक्ता पुँजीे ४ अर्ब ५ करोड हुनेछ । हाल बैैंकको २९ अर्ब निक्षेप र २६ अर्ब कर्जा प्रवाह रहेको छ । साथै देशभर ४४ वटा शाखा, ४५ वटा एटीएम सञ्जाल, ५३ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा, १४०० स्थानमा मेगा रेमिटको सञ्जाल र १ एक्सटेन्सन काउन्टर रहेको छ ।
प्रकाशित: २३ बैशाख २०७३, बिहीबार