गूगल प्ले मूभिमा अब ‘फोर के’ भिडियोहरु उपलब्ध

  • Technology Khabar | ६ मंसिर २०७३, सोमबार
गूगल प्ले मूभिमा अब ‘फोर के’ भिडियोहरु उपलब्ध

काठमाडौं ।

काठमाडौं, ६ मंसिर । अब गूगल प्लेमा फोर के (4K) भिडियोहरु हेर्न सकिने भएको छ । गूगलले हालै गूगल प्ले मूभिमा (Google play movie) फोर के सामाग्रीहरु राख्न शुरु गरेपछि आफूले चाहेको सामाग्रीहरु हेर्न सकिने भएको छ ।

यसअघि नै गूगलले क्रोमकास्ट अल्ट्रा घोषणा गर्दा नै फोर के सामाग्रीहरु राख्ने उल्लेख गरेको थियो । केहि छनौट गरिएका मूभिहरुमा, प्रयोगकर्ताहरुले फोर के रिजोल्यूशनमा खरिद गर्न वा भाडामा लिन सकिने भएको छ । यी फोर के मूभिहरुको मूल्य स्ट्याण्डर्ड भर्सनको भन्दा बढि भएपनि केहि सामान्य बढि मूल्य मात्र राखिएको छ ।

फोर के सामाग्रीहरु अधिलेसम्म क्रोमकास्ट अल्ट्रा र फोर के सपोर्ट गर्ने एन्ड्रोयड टिभीहरुमा मात्र उपलब्ध रहेको छ । यदि तपाईँ स्मार्टफोन वा वेब ब्राउजरबाट हेर्न चाहनुहुन्छ भने तपाईँलाई एचडी रिजोल्यूशनसम्म मात्र पहुँच दिईएको छ ।nexus2cee_unnamed-8

क्रोमकास्ट अल्ट्रा र फोर के सपोर्ट गर्ने एन्ड्रोयड टिभीहरुमा फोर के सामाग्रीहरुका लागि थप आइकनहरु राखिएको छ भने भाषा तथा शिर्षक छनौटको सुविधा पनि रहेको छ । फोर के भिडियोहरुमध्ये हाल केहि मूभिहरु जस्तै दि फिप्थ एलीमेन्ट, ट्रान्सफरमर्स, स्टार ट्रेक यिबोण्डलगायत उपलब्ध रहेका छन् ।

फोर के सामाग्रीको विकल्पलाई बिस्तारै सबैतिर सार्वजनिक गर्ने बताईएको छ ।

स्रोत माध्यम

प्रकाशित: ६ मंसिर २०७३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार