भिभो एक्स फोल्ड अप्रिल ११ मा सार्वजनिक हुँदै

  • Technology Khabar | १५ चैत्र २०७८, मंगलवार
भिभो एक्स फोल्ड अप्रिल ११ मा सार्वजनिक हुँदै

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड भिभोको आउँदै गरेको स्मार्टफोन भिभो एक्स फोल्ड आगामी अप्रिल ११ मा सार्वजनिक हुने भएको छ।

यो स्मार्टफोनका बारेमा गत शुक्रबार मात्रै आधिकारिक घोषणा गरिएकामा सोमबार सार्वजनिक हुने मिति तय भएको जीएसएमएरिनाले जनाएको छ।

समाचार अनुसार आगामी अप्रिल ११ मा सार्वजनिक हुने यो स्मार्टफोनमा ओपो फाइन्ड एन तथा ग्यालेक्सी जेड फोल्ड३ को झैं भित्रपट्टि ठूलो स्क्रीन रहेको छ।

यसको बाहिरपट्टि सेकेन्डरी स्क्रीन रहनेछ। पछिल्लो समय धेरै फोल्डिङ फोन निर्माता कम्पनीहरुले भित्रपट्टि फोल्ड हुने डिभाइसहरु बनाइरहेकाले भिभोले पनि त्यही हिसाबले डिभाइस ल्याउनुलाई खासै आश्चर्यजनक मान्नुपर्ने देखिँदैन।

यो इभेन्टका दिन एक्स फोल्डमात्र नभई एक्स नोट पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ। तर यसको बारेमा भिभो आफैंले कुनै आधिकारिक जानकारी नगराएको जीएसएमएरिनाले उल्लेख गरेको छ। एक्स नोटमा ठूलो स्क्रीन तथा ब्याट्री रहेको छ।

प्रकाशित: १५ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...