
काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीको गेमिङ ब्रान्ड ब्ल्याक शार्कको ब्ल्याक शार्क ५ स्मार्टफोन आगामी मार्च ३० मा सार्वजनिक हुने भएको छ।
अघिल्लो महिना टीना तथा थ्रीसीको सूचीमा उक्त फोन देखा परेको र अब भने आधिकारिक घोषणा हुने दिन तोकिएको जीएसएमएरिनाले जनाएको छ।
तय भएको तालिका अनुसार आगामी मार्च ३० का दिन स्थानीय समय अनुसार बेलुका ७ बजे चीनमा उक्त स्मार्टफोन सार्वजनिक हुनेछ।
जीएसएमएरिनाका अनुसार उक्त दिन कम्पनीले ब्ल्याक शार्क ५ तथा ब्ल्याक शार्क ५ प्रो गरी दुई ओटा डिभाइस सार्वजनिक गर्ने आकलन गरिएको छ। प्रो भेरियन्टमा स्न्यापड्रागन ८ जेन १ तथा भ्यानिला भेरियन्टमा भने स्न्यापड्रागन ८० चिपसेट रहने टीनामार्फत् थाहा भएको छ।
प्रकाशित: ११ चैत्र २०७८, शुक्रबार