काठमाडौं ।
यूट्युबले पहिलो पटक अमेरिकाका ग्राहकहरुका लागि लाखौं टेलिभिजन एपिसोडहरु नि:शुल्क स्ट्रिमिङका लागि उपलब्ध गराउने भएको छ।
यसरी निशुल्क उपलब्ध हुने टीभी एपिसोडहरुमा विज्ञापनसहितका हेल्स किचन, हार्टल्याण्ड तथा अन्सल्भ्ड मिस्ट्रिज लगायतका रहेका कम्पनीले जनाएको छ।
यो निर्णयले गुगललाई पिकक, रोकु च्यानल तथा टुबि र अन्यजस्ता विज्ञापनसहितका ओटीए टीभी स्ट्रिमिङ सेवा प्रदान गर्ने कम्पनीहरुसँग सिधा प्रतिस्पर्धामा लैजाने इन्ग्याजेटले जनाएको छ।
यूट्युबले यसअघि निशुल्क उपलब्ध १५०० चलचित्रहरुबाहेक नै अन्य ४ हजार टीभी एपिसोडहरु स्ट्रिमिङका लागि उपलब्ध गराउने बुझिएको छ।
यो महिना कम्पनीले गन इन सिक्स्टी सेकेन्ड्स, रनअवे ब्राइड तथा लिगल्ली ब्लण्डजस्ता नयाँ चलचित्रहरु सूचीमा थप गरेको छ।
यो नयाँ अफरमार्फत् यूट्युबले अमेरिकी प्रयोगकर्तालाई आफ्नै प्लेटफर्ममा रोकिरहने रणनीति लिएको आकलन गरिएको छ।
थुप्रै सिरिजहरुका लाखौं एपिसोडहरु उपलब्ध भएपछि प्रयोगकर्ताले नेटफ्लिक्सलगायत अन्य प्लेटफर्म झैं गरी हेर्न सक्ने बताइएको छ।
प्रकाशित: १० चैत्र २०७८, बिहीबार