
काठमाडौं ।
चिनियाँ टेक जायन्ट जेडटीईले अमेरिकामा प्रतिबन्धको उल्लङ्घन गरेपछिको आफ्नो परीक्षण अवधि पूरा गरेको छ।
अमेरिकाले ५ वर्षअगाडी जेडटिईलाई कालोसूचीमा राख्दै प्रतिबन्ध लगाएको थियो भने पछि ठूलो रकम जरिवानासमेत गराएको थियो।
जेडटीईले इरानमा अवैध रूपमा अमेरिकी टेक्नोलोजी ढुवानी गरेकोमा २०१७ मा दोषी भएको ठहर गर्दै प्रतिबन्ध लगाइएको थियो।
यसको २०१७ को सुनुवाई सम्झौताको एक भागको रूपमा, जेडटीईले ८९.२ करोड डलर अमेरिकी सरकारलाई भुक्तान गर्यो। र त्यसपछि कम्पनीलाई पाँच वर्षको लागि परीक्षण काल तोकिएको थियो।
सेयर बजारका लागि जारी गरेको विज्ञप्तिमा कम्पनीले अमेरिकी अधिकारीहरूले गरेको अनुगमनको पाँच वर्षको अवधि समाप्त भएको पुष्टि गरेको छ। यसले कम्पनीको आफ्नो स्टक १० प्रतिशतले माथि उठाउन मद्दत गरेको छ।
यस बाहेक एक कथित भिसा धोखाधडीले थप जरिवानाको सम्भावना बढाएको रोयटर्सले रिपोर्ट गरेको छ।
प्रकाशित: ९ चैत्र २०७८, बुधबार