अस्ट्रेलियाले ठूला प्रविधि कम्पनीसँग भ्रामक जानकारीको डाटा माग्ने

Technology Khabar ७ चैत्र २०७८, सोमबार

काठमाडौं ।

अस्ट्रेलियाको सञ्चार नियामकले इन्टरनेट कम्पनीहरुसँग भ्रामक जानकारीको डाटा माग्ने भएको छ।

संस्थाले ती इन्टरनेट कम्पनीहरुले भ्रामक तथा मिथ्या जानकारीलाई कसरी व्यवस्थापन गरिरहेका छन् भन्नेबारे बुझ्न यस्तो निर्णय गर्न लागेको बुझिएको छ।

यो ठूला प्रविधि कम्पनीहरुमाथि अस्ट्रेलियाले गरेको पहिलो नियामक कडाई भएको रोयटर्सले उल्लेख गरेको छ।

प्रविधि संस्थाहरुले असहयोग गरेको खण्डमा अस्ट्रेलियन कम्युनिकेशन एन्ड मिडिया अथोरिटी (एसीएमए)ले पनि इन्टरनेट उद्योग आचारसंहिता लागू गर्न सक्ने संघीय सरकारले बताएको छ।

विश्वका सरकारहरुले अनलाइनमा हानिकारक तथा गलत तथ्यहरु फैलिनबाट रोक्ने प्रयास गरिरहँदा अस्ट्रेलियाको यस्तो निर्णय आएको हो।

एसीएमएले अस्ट्रेलियाका ५ मा ४ जना वयष्क व्यक्तिहरुले कोभिड-१९ का बारेका मिथ्या समाचार पाएका र ७६ प्रतिशतले अनलाइन प्लेटफर्मले गलत र भ्रामक सामग्रीहरु शेयर गर्न छोड्नुपर्ने बताएको रिपोर्ट आएपछि उक्त कानूनहरुको पालना गराउन लागिएको बताइएको छ।

प्रकाशित: ७ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया