Technology Khabar १२ कार्तिक २०७३, शुक्रबार
काठमाडौं ।
काठमाडौं, १२ कात्तिक । एन.बी.ईन्सुरेन्स कम्पनीले एकैपटक तीनवटा शाखाहरु संचालनमा ल्याएको छ । कम्पनीको १५औं, १६औं र १७औं शाखाहरु क्रमश काठमाडौंको कलंकी, कोटेश्वर र भक्तपुरको सल्लाघारीमा शुक्रबारदेखि संचालनमा ल्याएको हो ।
शाखाको उद्घाटन गर्दै बीमा समितिका अध्यक्ष प्रा.डा.फत्तबहादुर के.सी.ले बीमा क्षेत्रको विकास र विस्तार साथै अनुभवी मानव संशााधनको उत्पादन गरेर बीमा क्षेत्रलाई टेवा दिन व्यवस्थापन र संचालक समितिलाई आग्रह गरे ।
कम्पनीका अध्यक्ष अम्बिका प्रसाद पौडेलले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गर्ने जानकारी गराए ।
कम्पनीले नयाँ ३ शाखा सहित १७ वटा शाखा, ५ वटा सम्पर्क कार्यालय तथा ११ वटा सेवा काउण्टरहरुबाट बीमा सेवा प्रदान गरिरहेको छ । कम्पनीले आ.ब. २०७२/०७३ मा ३५ करोड बीमा शुल्क आर्जन गरेको साथै करिब ४ करोड खुद नाफा आर्जन गरेको जनाएको छ । चालु आ.ब.को प्रथम त्रैमाससम्म करिब १६ करोड २५ लाख बीमा शुल्क आर्जन गरिसकेको उल्लेख छ ।
प्रकाशित: १२ कार्तिक २०७३, शुक्रबार