
काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी ह्वावेले पेटल म्यापका लागि नयाँ एप रोलआउट गर्ने भएको छ।
कम्पनीले यो एपको २.३.०.३०० (००२) भर्सन रोलआउट गर्न लागेको ह्वावेसेन्ट्रलले उल्लेख गरेको छ।
पेटल म्याप्स नेभिगेशन एप प्रयोगकर्ताले यसको ४६.९३ एमबी साइज भएको एपीके फाइल इन्स्टल गर्न सक्ने कम्पनीले जनाएको छ।
यसको चेन्जलग अनुसार ह्वावे पेटल म्याप्स २.३.०.३०० (००२) को नयाँ एप अपडेटमा सुधारिएको भर्चुअल नेभिगेशन, लेन गाइडेन्स तथा भ्वाइस सर्च र अफलाइन म्याप, लेभल तथा ब्याजका लागि अप्टिसमाइजेशन उपलब्ध हुने ह्वावेसेन्ट्रलले जनाएको छ।
यो अपडेटले ह्वावेको नेभिगेशन तथा म्यापिङ सेवा एपका लागि थुप्रै अप्टिमाइजेशन तथा सुधार ल्याई प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्ने कम्पनीको दावी छ।
प्रकाशित: १ चैत्र २०७८, मंगलवार