
काठमाडौं ।
वनप्लसको एउटा नाम नखुलेको डिभाइसले १५० वाट चार्जिङका लागि थ्रीसी सर्टिफिकेशन पाएको छ।
कोड नम्बर पीजीकेएम१० रहेको उक्त डिभाइसलाई हालै १५० वाट चार्जिङका लागि थ्रीसी सर्टिफिकेशन प्रदान गरिएको जीएसएमएरिनाले जनाएको हो।
केही समयअघि आएको चर्चामा भने यो कोड नम्बर वनप्लसको ट्याब्लेट हुनसक्ने बताइएकोमा अहिले भने यो थ्रीसीमा एउटा फाइभजी मोबाइल फोनका रुपमा दर्ता भएको छ।
पीजीकेएम१० को व्यावसायिक नाम के हुने भन्ने थाहा नभए पनि डिजिटल च्याट स्टेशनले वनप्लसको यो डिभाइसमा डाइमेन्सिटी ८१०० चिपसेट रहने बताएका छन्। यस्तै यसमा ४५०० एमएएचको ब्याट्री तथा १५० वाट चार्जिङ सपोर्ट उपलब्ध हुने पनि बताइएको छ।
हालैको लीकमा वनप्लसकव यो स्मार्टफोनमा ६.७ इन्चको पन्च होल स्क्रीन तथा पछाडि सोनीको ५० मेगापिक्सेल आईएमएक्स७६६ सेन्सरयुक्त मुख्यसहित ट्रिपल क्यामरा सेटअप रहनेछ।
यो डिभाइस आएको खण्डमा वनप्लस १५० वाट चार्जिङ सुविधा उपलब्ध गराउने बीबीकेको पहिलो ब्राण्ड नहुने पनि जीएसएमएरिनाले उल्लेख गरेको छ। यसको श्रेय गत महिना चीनमा सार्वजनिक भएको रियलमीको जीटी नियो३ले पाइसकेको छ।
प्रकाशित: २९ फाल्गुन २०७८, आईतवार