
काठमाडौं ।
सानिमा बैंक र स्प्यारो पे प्रा.लि. (खल्ती) बीच ग्राहकलाई थप सुबिधा प्रदान गर्ने सम्झौता भएको छ।
बैंक र खल्तीबीच भएको सम्झौतामा ग्राहक महानुभावहरुले बैंकको मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई-बैंकिङ्गबाट खल्ती डिजिटल वालेटमा सजिलै फण्ड लोड गर्ने र सानिमा सजिलो ई-बैंकिङ्ग मार्फत् चेक आउट गर्न सक्नुहुनेछ।
बैंक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच स्प्यारो पे प्रा.लि. (खल्ती)का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्का र बैंकका तर्फबाट डिजिटल बैंकिङ्ग बिभागका प्रमुख बिक्रम श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरे।
सानिमा बैंकको देशभर १२४ कार्यालय र ११० एटिएम संचालनमा रहेका छन्।
प्रकाशित: २७ फाल्गुन २०७८, शुक्रबार