ह्वावे पी५० प्रो मा हार्मोनीओएस २.०.१.२१० सफ्टवेयर अपडेट आउँदै

  • Technology Khabar | २५ फाल्गुन २०७८, बुधबार
ह्वावे पी५० प्रो मा हार्मोनीओएस २.०.१.२१० सफ्टवेयर अपडेट आउँदै

काठमाडौं ।

ह्वावे पी५० प्रो स्मार्टफोनमा हार्मोनीओएस सफ्टवेयर अपडेट ल्याउने भएको छ।

यो अपडेटको बिल्ड नम्बर २.०.१.२१० रहेको र यो सफ्टवेयर चीनमा स्न्यापड्रागन ८८८ फोरजी प्रोसेसरयुक्त ह्वावे पी५० प्रोमा आउने भएको हो।

चेन्जलगका अनुसार ह्वावे पी५० प्रोमा हुने हार्मोनीओएस २.०.१.२१० सफ्टवेयर अपडेटले क्यामरामा सुधार तथा डिभाइसको राम्रो पर्फर्मेन्सका लागि सिस्टम स्टेबिलिटीमा अप्टिमाइजेशन गरिएको ह्वावेसेन्ट्रल डटकमले उल्लेख गरेको छ।

यसबाहेक यो डिभाइसमा शूटिङ इफेक्ट तथा फोटोको रंगमा अझ प्राकृतिक छनक आउने बताइएको छ। यस्तै फेब्रुअरी २०२२ सेक्युरिटी प्याचले हाल भेटिएका ४२ ओटा सुरक्षा जोखिमलाई हटाउनेछ।

यो अपडेट सधैं झैं ओटीएका माध्यमबाट पठाइने भएकाले सबैको डिभाइसमा आइपुग्न केही समय लाग्ने बुझिएको छ।

ह्वावेले किरिन ९००० प्रोसेसर भएका पी५० प्रो का लागि फेब्रुअरी २०२२ सेक्युरिटी प्याच उपलब्ध गराइसकेको छ भने यसले सिस्टमको सुरक्षा र स्थायित्वमा चुस्त बनाई यूजर अनुभवमा सुधार ल्याएको कम्पनीको दावी छ।

प्रकाशित: २५ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार