भिभोको नयाँ फोल्डेबल फोन अर्को महिना लन्च हुनसक्ने

  • Technology Khabar | २४ फाल्गुन २०७८, मंगलवार

काठमाडौं ।

भिभोको फोल्डेबल फोन अर्को महिना अप्रिलमा लन्च हुने भएको छ।स्रोतहरूलाई उदृत गर्दै जेईमिएनले उल्लेख गरेअनुसार भिभोको पहिलो फोल्डेबल फोन लन्च हुन लागेको हो।

यदि यो जानकारी सही भएको अवस्थामा भिभो फोल्ड गर्न मिल्ने ह्यान्डसेट लन्च गर्ने नवीनतम चिनियाँ स्मार्टफोन निर्माता हुनेछ। यसअघि ह्वावे, अनर र ओपो जस्ता कम्पनीहरूले पनि फोल्डेबल फोन लन्च गरिसकेका छन् । अर्थात् आगामी दिनहरूमा भिभोको फोल्डेबल फोनले ह्वावे, अनर र ओपो बाहेक सामसङ र मोटोरोला जस्ता कम्पनीहरूसँग पनि प्रतिस्पर्धा गर्नेछ।

हालसालै मात्र भिभोको पहिलो फोल्डेबल फोन भिभो एक्स फोल्ड स्मार्टफोनको बारेमा पनि जानकारी प्राप्त भएको थियो। यो भिभोको आगामी बटरफ्लाई मोडेल नै हुन सक्ने अनुमान गरिएको छ।

जानकारीका अनुसार भिभोको आगामी फोल्डेबल स्मार्टफोनमा हिंज मेकानिजमसँगै प्रविधिको स्तरमा पनि धेरै नयाँ विषय देख्न सकिनेछ। फोनको कोर कम्पोनेन्टमा पनि इनोभेसन रहेको बताइएको छ। यो डिभाइसले ह्वावे र सामसङका फोल्डेबल मोडलहरूसँग पनि परफरमेन्सको हिसाबले पनि प्रतिस्पर्धा गर्नेछ।

फोल्डेबल फोनको लोकप्रियता यस तथ्यबाट अनुमान गर्न सकिन्छ कि आईडीसीको रिपोर्टअनुसार चीनमा मात्र फोल्डेबल फोनको शिपमेन्ट २०२१ मा १५ लाख युनिट पुग्ने अनुमान गरिएको छ।

एनालिटिक्समा आधारित फर्महरूले कुल ढुवानी यस वर्ष वर्षमा दोब्बर हुने अनुमान गरेका छन्। यो नयाँ श्रेणीमा भिभोको प्रवेशसँगै फोल्डेबल फोनको बजार अझै बढ्ने निश्चित छ।

भिभोको फोल्डेबल फोनका फिचर्स र स्पेसिफिकेशनहरूको बिबरण खुल्न बाँकी छन्। यसअघि नै लेट्सगो डिजिटलले यसको रेन्डर डिजाइन सार्वजनिक गरिसकेको छ।

प्रकाशित: २४ फाल्गुन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार